:– ढुण्डुराज भट्टराई –:


जन्मियो कि कोही, तस्बिर आउँछ आँखामा
ओैला बने ब्यस्त लेख्न बधाई शुभकामना
कोही मरी गए फेरि, देखिए उसै गरि
लेख्नै पर्यो श्रद्धाञ्जली अनि समबेदना ।

रिस उठ्दा ठडिने यो चोर ओैँलो पनि
झुकेको छ स्क्रिनमा लेखौ नौलो भनी
कर्मयोगमा जुट्ने कर्मठ यी हातहरू
ब्यस्त छन् बोक्न मोवाइलका जातहरू ।

घरको नित्य पुजा देखी महाकुम्भ सम्म
कखरादेखि शुरू भई विश्वविद्यालयसम्म,
संसारमा जे जे बनिन्छन इतिश्री सम्म
यात्रा गर्छ अनवरत कस्तो छ अचम्म ।

बेबी सावरबाट सुरू हुन्छ सुटिङ
जन्म ,न्वारान,पास्नीमा पार्टी र हुटिङ
ब्रतवन्ध, गुन्युचोलीमा बन्छ रिल, टिकटक
जीवनसंस्कार सबैमा साथ यसको ठिकठाक ।

हुर्कन्छन् हेर्दाहेर्दै जन्मिएका ती बच्चा
बनाउछन् प्रेमकहानी झुटो हो वा सच्चा
कहिले गर्छन मिटिङ त कहिलेको सेटिङ,
कहिले जान्छन् सिनेमा त कहिलेको डेटिङ ।

बन्छन् आँफै ज्योतिषी र मिलाउछन् चिना
भन्छन् हामी सक्दैनौ बाँच्न एकअर्का बिना
फुलमाला मेहेन्दी अनि, हुन्छ विवाह भब्य
सजिएका छन रंगविरंगमा देखिनलाई सभ्य ।

शुरू नहुदै टुंगिन्छ सहयात्राको जीवन
छैन अर्थ बरबधुको कस्तो आयो जोवन
एउटै शब्द छ डिभोर्स ,संगै अब नबस्ने
आरोप प्रत्यारोप गर्ने कोही तल नखस्ने ।

छुट्टाछुट्टै थाले बस्न अब के पो गर्ने
पोल खोल्दै स्टाटसले फेसबुकमा भर्ने
बने त्यसैमा चलचित्रझैँ अनगिन्ती रंग
लव,एक्सन, हरर् आदि, बन्छन् बेढंग ।

टिकटक रिल हुदै फैलियो युट्युवसम्म
फेसबुक ईन्स्टा ,रिल हुँदै गयो एक्ससम्म
भाइरल बनेँ जीवनको अब के सार रह्यो
सपना बने चकनाचुर् लौअब हार भयो ।

Author

You may also like