भगवान शिवजीको एउटा मिथक अनुसार, अहिले हामी निकै कडा छौं । ‘जे गरे पनि नहुने’ अबस्थामा । साँच्चै ‘जे गरे पनि नहुने’ ।
यसबेला भगवान शिव पार्वतीको एउटा मिथक सम्झिरहेको छु । त्यसमा एउटा सम्वाद छ शिव पार्वतीकोः
पार्वतीः (शिवतिर फर्किएर) स्वामी, हजुरसंग यति धेरै शक्ति र सामथ्र्य हुादाहुँदै पनि किन मान्छेहरूलाई ‘एकमना’ नबनाउनुभएको ?
शिवः यसको उत्तर अहिले एकछिनमा आउँछ ल ? अब यो घोडा लिएर बस्तीतिर निस्किनु पर्छ यसको उत्तर पाउन ।
उनीहरू बस्तीतिर निस्किए घोडामा । पहिला दुबैजना हिंडेर घोडालाई तान्दैथिए, गाउँलेहरू उनीहरूलाई खिसिटिउरी गर्न थाले, ‘हेर न यी खराने जोडी । घोडा हुँदाहुँदै आपूm हिंडेर त्यसलाई पो तान्दैछन् । थुक्क मूर्खहरू !’ त्यपछि अलिक पर पुगेपछि शिवजी घोडामा चढे र पार्वतीलाई घोडा तान्न लगाए । फेरि गाउँलेहरूबाट नकारात्मक कमेन्ट आयो, ‘थुक्क अपराधी ! आपूm घोडामा चढेर स्वास्नीलाई घोडा तान्न लगाउँछ । पापी । स्वास्नीलाई कतिसारो हेपेको हउ ?’
त्यसपछि अलिक पर्तिर पुगेर शिवजीले पार्वतीलाई घोडामा चढाए र आफू घोडा तान्न थाले । फेरि गाउँलेहरू खिसिटिउरी गर्न थालेः ‘थुक्क जोइटिङ्गरे ! स्वास्नीलाई घोडामा राखेर आपूm तान्दै छ, हा हा हा !’
फेरि अलिक पर पुगेर शिव पार्वती दुबैजना घोडामा चढे । त्यसपछि त झन् गाउँलेहरू उनीहरूलाई गालीको बर्षा गर्न थाले, ‘हेर, अपराधीहरू, दुइटै पो चढेका एउटै घोडामा ? निर्दयी । मायादया नभएकाहरू ।’
त्यसपछि पार्वतीले लामो सुस्केरा हालेर बोलिन्, ‘हो रहेछ । मान्छे भन्ने जातलाई केही गरे पनि नहुने रहेछ । जेमा पनि नकारात्मक टिप्पणी गरिहाल्ने । राम्रो केही पनि नदेख्ने । भदौमा आँखा पुटेको जनावरले संधै हरियो देख्छ भनेजस्तो यिनीहरूका आँखा पनि काँढाले घोचेपछि फुटेको जस्तो । यिनलाई केही गर्दा पनि धर नपाइने रहेछ ।’
‘पाइन्न नि, प्रिये । त्यही भएर यी सदासर्वदा यस्तै अन्धै भएर बाँचिरहुन् भनेर मैले छाडिदिएको । अब त बुभ्mयौ नि ?’ ‘जे गरे पनि नहुने’ मन्त्र हालिदिएर भगवान शिवले गुन लगाएका मान्छेहरू परेछौं हामी । त्यसमा पनि अलिकति ‘हिन्दू सनातन परम्परा’ मान्ने भएर पनि हामीमा त्यो चरित्र आउने नै भयो ।
प्रशंग हो अस्ति शुक्रबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा बोलेको कुरा । यति सानो देशको, ‘फुच्चे’ प्रधानमन्त्रीले सबैकुरा नघुमाइ, मुख नचपाइ विश्वलाई पहिलोपटक नेपालका मुद्धाहरूलाई उठाइदिए । नेपालको लोकतन्त्र, युवाको आवाजको सम्मान, जलवायु परिवर्तनले ल्याएको भयाभह सजायको व्याख्या गर्दै नेपालको पहिचान पशुपतिनाथ र बुद्धलाई पनि चिनाइदिए । ‘बुभ्mने मान्छेहरू’ छाँयामा परे । अनि शिवजीको गाउँका गाउँलेहरू छ्यापछ्यापती मिडियामा भरिन आइपुगे । हुनत अनेक उपनामले संसदको चूनावदेखिनै आक्रमक एउटा तप्का प्रधानमन्त्रीको खिलापमा थियो, छ र हुने छ । अनि तिनका कमेन्टहरू सुन्दा मलाई यही शिवजीको मिथक याद आयो । यसरी छरिएका थिए शिवबस्तीका मान्छेका मिडिया कमेन्टहरू ः
‘बालेनको अमेरिका प्रस्थान गर्दा काठमाडौमा तड्कभड्क खोइ ? राष्ट्रको बेइजत भएको छ अहिले । सलामी खानु पर्ने होइन ? लावालस्कर लिएर विमानस्थल जानु पर्ने होइन ? रातो कार्पेट ओछ्याउनु पर्ने होइन ? सेनाको सलामी खानु पर्ने होइन ?’, एक जना डाक्टर हुँ भन्ने हरिलठ्ठक कराउँदै थियो ।
‘प्रधानमन्त्री खाडीमा काम गर्ने जाने एउटा श्रमिक जस्तो भएर एक्लै विमानमा चढ्दै गरेको फोटोले देशको शीर झुकाएको छ’, अर्को मैमत्ता विद्धानको कमेन्ट थियो ।
‘प्रधानमन्त्रीको सल्लाहकार अरे, एउटा पाटेसर्ट लगाएको बाहेक अरू लुगा लगाउन आउँदैन, यस्ताले देश चलाउने सल्लाह दिने?’, अर्को ‘किताबे बुद्धिजीवी’ बोल्यो । त्यो पाटे सर्ट र प्रधानमन्त्रीको भाषणको कनेक्सन खोज्ने विसंगत मान्छे थियो त्यो ।
‘राष्ट्रसंघका महासचिवले हात मिलाउन दिँदा क्मेरामा मात्रै ध्यान दिने ट्यापे’, अर्को रक्सीमै उठने, रक्सीमै तालमेल मिलाउने, रक्सीमै सुत्ने ‘रक्सीशिरोमणि’ महान नेता बोल्यो ।
‘त्यो छातीमा राखेको क्रश खुकुरी के हो ? देशको पहिचान मेट्ने ? त्यस्तो वाहियात काम गर्ने ?’, अर्का सञ्जालमा भ्यूज बढाएर ‘जीवन यापन गरिरहेको’ ठूटे डाक्टर करायो ।
‘त्यो पशुपतिनाथ भनेको के हो ? त्यो त पहिला राजाहरूले प्रयोग गर्ने भाष्य हो । प्रतिगामी भाष्य । यस्तो बोल्ने अन्तराष्ट्रिय मञ्चमा ? महेन्द्र राजाको जस्तो पहिरन लगाएर यो ‘महान गणतन्त्र’ लाई चूनौती दिन दिन खोजेको ?’, अर्का सबैभन्दा धेरै धार्मिक कर्मकाण्ड गरेर समाजमा ‘पूmईं’ लाउने ‘अधर्मी’ तर सबैभन्दा क्रान्तिकारी हुँ भन्ने नेता कराउँदै थयो ।
‘कुरा जे भए पनि प्रस्तुति चाहिं के हो ? कति फितलो ? यस्तो कमजोर प्रस्तुतिले देशको शीर झुकाएको छ’, अर्को ‘झोले राजनीतिक विश्लेषक’ करायो । उसको काम भनेको बिहानदेखि बेलुकासम्म एउटा दलको भजन गाउनु हो र त्यसैको लागि उसले आपूmलाई ‘राजनीतिक विश्लेषक’ पनि भन्छ ।
‘यति डाइरेक्ट त भन्नु हुने थिएन । डिप्लोमेटिक भाषा प्रयोग गर्नु पथ्र्यो । आजसम्म कसैले यसरी सिधै कुरा राखेका थिएनन् । भाषामा पाखेपारा भयो’, प्रधानमन्त्रीको भाषणलाई लिएर एकजना ‘झोले कुटनीतिज्ञ’ बोल्दै थियो । बिचरा उसले इजराइलका नेतान्याहु, युक्रेनका जेलेन्स्की बोलेको सुनेको भए पो जान्दथ्यो पीडा हुनेले कसरी बोल्छ भनेर ! बिपत्ति भोग्नेको भाषा कस्तो हुन्छ भनेर ! हजारौं नागरिकहरू खोलाको लेदोमा हराइरहेको देशको प्रधानमन्त्रीले धूप हालेर बोल्नु पर्ने हो र ? त्यो लेदो ल्याउन ०.०१ प्रतिशत पनि जिम्मेवारी नरहेको, तर सबैभन्दा ठूलो सजाय पाइरहेको मुलुकको प्रधानमन्त्रीले त्यहाँ गएर मुस्कान छरेर आउनु पर्ने ? देशको कुरा संसारले बुभ्mने भाषामा अरूको जस्तो ‘मुख नचपाइकन’ भन्नु पनि गलत ठहर गर्ने यो समय गज्जपकै छ, कया !
यति हेरिसक्दा, पढिसक्दा मेरो मनमा उही भगवान शिवको ‘एक्सपेरिमेन्ट’ याद आयो । त्यो एक्सपेरिमेन्टमा सहभागी गाउँलेहरू यिनै नेपाली ‘बुज्रूकहरू’ रहेछन् भन्ने लाग्यो । हुन त म न त शिवभक्त हुँ, न बालेनभक्त । तर एउटा सचेत नागरिकले आप्mनो मुलुकलाई ‘कुरूप बिम्ब’ मा देख्नुभन्दा कुरूप कुरा अरू केही हुँदैन रहेछ । र अर्को कुरा, आप्mनो देशको प्रधानमन्त्रीलाई खुइल्याउँदा आपूm र त्यो देशको समग्र नागरिक पनि खुइलिन्छन् भन्ने ज्ञान यी दिमाग टाल्लिएकाहरूलाई दिने यो जुनिमा कोही पनि छैन । र आखिरी जे गरे पनि नहुने नै रहेछ । ऊँ नम शिवाय ! – दमक, झापा

Author

You may also like