काठमाडौंः नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित विभिन्न सेवाहरु दशैंको लामो बिदामा पनि निरन्तर रहने व्यवस्था मिलाइएको छ ।
यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ । यस्तै सो टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं रहेका छन् ।
यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको छ । दशैं बिदामा सामान्यतया यो स्टक पर्याप्त हुनेछ ।
शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० महाअष्टमी देखि एकादशी असोज १९ गते देखि २२ गते सम्म नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा बिदाका ती दिनहरुमा पनि नियमित रहने नेपाल रेडक्रस सोसाइटीका सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार दशैंको लामो बिदामा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निःशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुने बताpg’ ePsf] 5।