काठमाडौंः आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीका रुपमा रहेको नेपाल सम्मिलित पाँच देशको सहभागिता रहेको सिरीज आजबाट ओमानमा सुरु हुँदैछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागि देशमा नेपालबाहेक अरु सबै टिमले विश्वकप छनोट खेल्नेछन । नेपाल सिंगापुरमा भएको क्षेत्रीय छनोटबाट नै बाहिरीएका कारण नेपालका लागि यो प्रतियोगिता राम्रो म्याच एक्पोजरका रुपमा मात्र रहेको छ ।
पहिलो दिन दुई खेल हुने प्रतियोगितामा नेपालले भने आइतबार मात्र प्रतिस्पर्धा गर्नेछ ।