देश–समाज सुरक्षा स्वास्थ्य

गाैरीगञ्जका क्वारेन्टाइन सुरक्षित बनाउन स्थानीयकाे माग

झगेन्द्र खड्का

गौरीगन्ज/ गौरीगंज गाउँपालिकाभित्रका सबै वडामा क्वारेन्टाइन स्थापना गरि हाल संचालनमा आएका क्वारेन्टाइनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने स्थानीयले माग गरेका छन्।

गाैरीगंज बहुमुखी क्याम्पसमा स्थापना गरिएको  क्वारेन्टाइनलाई थप व्यवस्थित र सुरक्षित बनाइनु पर्ने गौरीगंज गाउँपालिका वडा नं -३ का स्थानीयबासिले माग गरेका हुन्।

भारतीय क्षेत्रमा राेजगारीका लागि गएका नेपालीहरु घर फर्कने क्रम बढिरहेकाले उनीहरुलाई सुरक्षित तवरले  व्यवस्थापन गर्न प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गर्न आवश्यक रहेकाे बताएका थिए।

गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टाइनकाे व्यवस्था गर्नु पर्ने, सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुलाई  सुरक्षित तवरले हाेल्डिङ्ग क्षेत्रबाट क्वारेन्टाइनसम्म ल्याउनु पर्ने  ।

क्वारेन्टाइनका काेठामा सामाजिक दुरी कायम रहने गरि राखिनु पर्ने लगायतका मागहरू वडा नं. ३ का वडा अध्यक्ष मखना महताे समक्ष राखेका थिए।

स्थानियहरूले राखेकाे माग समय र परिस्थिति अनुरुप जायज भएकाे बताउदै त्यस विषयमा छलफल गरि आवश्यक व्यवस्था मिलाउने अध्यक्ष महत्ताेले बताए।

गाउँपालिकाले हाल सम्म दुई स्थानमा क्वारेन्टाइन स्थापना गरेकाे छ।भारतबाट घर फर्किएका नेपालीहरूलाई सिमाक्षेत्रबाट क्वारेन्टाइन सम्म सुरक्षित तवरले पुर्याउन स्थानिय सरकारको ध्यान जान नसकेको स्थानिय डम्बर बहादुर बस्नेतले बताए।

एक दुई वटा  क्वारेन्टाइन गाउँपालिका भित्र स्थापना गरि खचाखच रुपमा मानिसलाई नराखि प्रत्येक वडामा क्वारेन्टाइनकाे स्थापना गरेर उनीहरूलाई क्वारेन्टाइनसम्म सवारी साधनकाे व्यवस्थापन गरि सुरक्षित तवरले लैजान सके   मात्र काेराेनाकाे जाेखिमबाट वचन सकिने बस्नेतले  बताए।

छिमेकी राष्ट्र भारतमा लकडाउन खुकुलो बनाएपछि नेपाल फर्किनेहरुलाई सहज भएसंगै कोरोनाको जोखिम पनि बढिरहेको बताएका थिए।

भारतसँग सीमा जोडिएको गौरीगन्ज १ कुन्जीबारी र भारतको किसनगञ्ज जिल्ला अन्तर्गत सिङिमारी ग्राम पञ्चायतको डाकुपाडाको बिच लगायत ३ स्थानमा हाेल्डिङ्ग सेन्टरकाे व्यवस्था गाैरीगंज गाउँपालिकाले गरेकाे छ।

भारतबाट नेपाल फर्किने नेपालीहरुका लागि हाेल्डिङ सेन्टर स्थापना गरिएका तीन स्थानहरूमा  सामान्य खाजा,सेनिटाइजर,मास्क आदिको ब्यवस्था समेत नभएको स्थानीयहरुले गुनासो गरेका छन।

नेपाल आईसकेका नागरिकहरुलाई ब्यवस्थित तरिकाले  क्वारेन्टाइन सम्म पुर्याउने सवारी साधनको ब्यवस्था गरिनु पर्ने बताएका छन।

गाउँपालिकाको बैठकले यसअघि गाउँपालिका अन्तर्गतका भारतसंग सीमा जोडिएका ३ स्थानलाई भारतबाट नेपाली भित्र्याउन नाकाका रूपमा लिदै ती नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो।

गौरीगन्ज १ का स्थानीय दिपक श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ब्यवस्थित नगरिदा कोरोना संक्रमणको जोखिम बढेको गुनासो गरे ।

सीमामा सुरक्षीत तवरबाट होल्डिङ सेन्टर स्थापना गरि क्वारेन्टाइन सम्म उनीहरुलाई पुर्याउने ब्यवस्थापन गर्नुपर्नेमा स्थानीय  सरकारको ध्यान जानु पर्ने बताएका छन।

Author

You may also like