सुर्खेत। कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई- दुई जना रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएका थिए ।
यसअघि बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेकाे छ। कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।