समाचार

आज एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

काठमाण्डौं। आज एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने दाङमा गरिएको परिक्षणमा २४ जना,सुर्खेत प्रदेशिक अस्पतालमा १२ जना, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा र नेपालगन्जमा ७-७ जना, भेरी अस्पतालमा १, सेती प्रयोगशालामा र पोखराको प्रयोगशालामा २-२ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

Author

You may also like