समाचार

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु

धनगडी। कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलालीका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका हुन्। उनको कोरोना परीक्षणको रिपोर्ट आउन भने बाँकी छ।

भारतको महाराष्ट्रबाट फर्किएका उनलाई कोरोना आशंकामा जेठ १३ गते हिजो बेलुका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

Author

You may also like