समाचार

झापाको गौरादह नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

दमक।  झापाको गौरादह नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा गौरादहका २ जनामा रिपोर्ट पोजेटिभ आएको हो । दुबैजना वडा नम्बर ९ का हुन् । उनीहरुलाई गौरादह – ७ ग्वालडुब्बा स्वास्थ्य चौकी क्वारेन्टाइनमा राखिएको थियाे। क्वारेन्टाइनमा रहेका २० जनाकाे  गत ११ गते स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियाे।

अन्य १८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका हुन् । उता झापाकै कचनकबल गाउँपालिकाका १५ जनाको पनि रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन्। कचनकबलको ५ पाठामारी क्वारेन्टाइनका ५६ जनाको परीक्षण गरिएको थियो ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

Author

You may also like