समाचार

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाण्डौ। नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरमा एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

ललितपुरको किस्ट अस्पतालमा ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी जेठ ११ गते सो अस्पताल भर्ना भएका थिए। १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो।

हिजो साँझ उनको मृत्यु भएको हो। मृत्युपछि आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए । उनी ‘अल्कोहलिक लिभर डिजिजका कारण अस्पताल भर्ना भएका थिए।

Author

You may also like