देश–समाज समाचार

संक्रमणकालीन न्याय (टीआरसी) मा मिश्रलाई निरन्रता

संक्रमणकालीन न्याय (टीआरसी) मा मिश्रलाई निरन्रता
सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा। अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् । मन्त्रिपरिषद् बैठक बस्नुअघि सोमबार अपरान्ह यही विषयमा छलफल गर्न शीर्ष नेताहरू जुटेका थिए । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलले पुनः सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए । सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

Author

You may also like