दमक । यहाँस्थित आम्दा अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रिन्सिपलमा सजना बैद्य नियुक्त भएकी छन् ।उनी २०६७ सालदेखि आम्दा कलेजमा कार्यरत छिन ।
आम्दा नेपालले गत चैत ४ गते उनलाई कलेज प्रमुखको जिम्मेवारी दिएको थियो । दमक– २ स्थित आम्दा पूर्वकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा चिनिन्छ ।

कलेज प्रमुख बैद्यका अनुसार सन् २००८ देखि अस्पतालमा नर्सिङसहितका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ । प्राबिधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद ( सिटिभिटि ) को सम्बन्धनमा आम्दाले शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ । प्रतिष्ठानले डिप्लोमा तहको नर्सिङ ,सामान्य चिकित्सा ,ल्याब टेक्नीसियन ,रेडियोग्राफी ,फिजियोथेरापीका शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको प्रिन्सिपल बैद्यले बताइन् । उनले आम्दाको यस शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति निर्माण संगै धेरैले रोजगारी पाएको बताइन् ।

दमक -२ खरखरेस्थित आम्दा अस्पतालमा स्वास्थ्य बिमा ,आमा सुरक्षासहितका बिशेषज्ञ स्वास्थ्य सेवाहरु उपलब्ध छ । आम्दा कलेज सन २०१२ मा पूर्वकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पुरस्कृत भएको र हालसम्म नतिजा समेत उत्कृष्ट ल्याउदै आएको प्रिन्सिपल बैद्यले जानकारी दिइन् । उनले भनिन् ,“ आम्दा कलेज पूर्वकै शैक्षिक गन्तव्य बबेको छ,यसलाई थप बिश्वसनीय बनाउन मेरो ध्येय रहेको छ ।“

आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा प्रिन्सिपल बैद्यले आम्दा कलेजको वृद्धिबिकासमा आफुले ईमान्दारिताका साथ लाग्ने उल्लेख गरिन । आफ्नो जिम्मेवारी भनेको यो कलेजलाई प्राबिधिक शैक्षिक संस्थाकै नमुना बनाउने भएको बताउदै यसमा योजनावद्ध लाग्ने उनको भनाइ छ । आम्दा नेपालले दमकसहित बुटवलमा प्राबिधिक शिक्षाको पठनपाठन गर्दै आएको छ ।

Author

You may also like