समाचार

घर निर्माण गर्ने क्रममा लडेर १ को मृत्यु

जेष्ठ-०३ गते । २२ बर्षीय एक युवाकाे  घर बनाउनेक्रममा  लडेर मृत्यु भएकाे छ । 

शुक्रबार बिहान पौने ०९ बजे मोरङ उर्लाबारी-७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा दिपक बस्नेतको लडेर मृत्यु भएको हाे ।

एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Author

You may also like