अन्तर्राष्ट्रिय समाचार

सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो

माली । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किएपछिको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा रहेको खानीमा काम गर्ने कामदारको ज्यान गएको जनाएको छ ।

माली सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै  मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ । मन्त्रालयले खानी मजदुरलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।

सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।

यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डको ख्याल राख्न सल्लाह दिइएको थियो ।

You may also like