सत्येन्द्रलाल कर्ण
भगवान शिव अघोरी साधकहरुको लागि प्रमुख आराध्य देवको रुपमा रहनु भएको छ । अघोरी साधकहरुले जीवनबाट सन्यास र दीक्षा ग्रहण गरिसकेपछि कठिन भन्दा कठिन कर्महरु गरेर आफ्नो मन र शरीरलाई पूर्ण नियन्त्रणमा राखेर क्षणभंगुर भौतिक शरीरलाई कुनै वास्ता न राखी बाचुन्जेल सम्म शिव र शक्तिको पूजा, ध्यान र तपस्यामा लीन रहन्छन् । अघोरी साधकहरु जीवन मुक्त हुन्छन् । उनीहरुले आफ्नो भौतिक शरीरलाई नाशवान ठान्दछन् । भौतिक शरीर प्रति मोह, माया, आशक्ति, अहंकार र कुनै पनि लोभ न राखी उनीहरुले शमसान भूमिलाई नै आफ्नो साधनाको केन्द्रिय थलो बनाउँछन् । अघोरी दीक्षा लिई सकेपछि प्राप्त सिद्धि र ज्ञानको आदारमा आफूले नग्न दिगम्बर वेश धारण गर्दछन् । शरीरभरि मसानघाटमा अवशिष्ट रुपमा रहेका खरानीलाई जिऊ भरि दल्दछन् , ठूलो र लामो कपाल, केश र जटा धारण गरेका हुन्छन् । मानव खप्पडलाई आफ्नो साधनाको लागि प्रमुख पात्रको रुपमा प्रयोग गर्दछन् । त्यही मानव खप्पडलाई मन्त्र प्रयोग गरी विभिन्न किसिमका सिद्धिहरु प्राप्त गर्दछन् तथा शरीरको अन्त्य भए पछि मोक्षको अधिकारी बन्दछन् तथा शिव र शक्ति संग एकाकार भई निर्विकल्प समाधिको अवस्थामा पुग्दछन् । अघोरी शिव साधहरुले शिवत्वको अवस्था प्राप्त गरे पछि शिव समान बन्दछन् । आम श्रद्धालु भक्तहरु नागा साधु र सन्यासी तथा भिक्षुणीहरु प्रति असीम श्रद्धा भाव राख्दछन् । नागा साधुहरुको दर्शन गरेपछि जीवनभरी गरिएका सबै पाप राशिहरुको नाशहुने तथा मनले चिताएका सबै मनोभिलाषाहरु पूर्ण हुने जनविश्ववास सबैले आत्मसात गरेको हुन्छन् अघोरी साधुहरु शिवको निराकार रुपको पूजा गर्दछन् । अघोरी साधुहरु शिवको निराकार रुपको पूजा गर्दछन् । अघोरीहरुले आफ्नो आत्मालाई परमात्मा शिव संग जोडेपछि साधुत्यता प्राप्त गर्दछन् । अघोरीहरुले संसारमा पुनर्जन्म लिनु पर्दैन । अघोरी साधकहरुले चिताभूमि अर्थात शमशान भूमिमा गएर तान्त्रीक विधि अर्थात वामाचार विधिबाट शव साधना गर्दछन् । शिवसाधनामा लीन समाधि अवस्थामा पुगेका अघोरी साधकहरु आफ्नो शरीरको मूलधार चक्रमा रहेको प्राण उर्जालाई मस्तिस्कमा रहेको सहस्रार चक्रमा पु¥याउँदा समाधिको अन्तिम अवस्थामा पुगिन्छ । त्यस अवस्थामा अघोरी साधकहरुको आत्माको मिलन परमात्मा संग हुन जान्छ । साधक शिव समान बन्धछन् । शिव र शक्तिको मिलन भए पछि मानव शरीरले पुनर्जन्म पाउँदैन । शिव र शक्तिको मिलन न हुँदासम्म मानिसहरुले बारम्बार विभिन्न योनीहरुमा जन्म लिइरहनु पर्दछ । कर्मफलको आधारमा मानिसहरुले शरीर प्राप्त गर्दछन् । मानिसहरुको चित्तवृत्तिमा जुन इच्छाले जरा गाडेर बसेको हुन्छ त्यहि शरीर मानिसहरुले अर्को जुनीमा पनि प्राप्त गर्दछ । तसर्थ हरेक मानिसहरुले भगवान शिवको नाम जप, ध्यान, पूजा, दान आदि कर्म हरु आफू बाचुन्जेल सम्म गरी नै रहनु पर्दछ । कर्म फलको बन्धनबाट कसैले पनि छुटकारा पाउन सक्दैन । मानिसहरुले हरेक जन्ममा आफूले भोगेको कर्म फलको आधारमा जन्म मृत्यु, सुख, दुख, छोरा, छोरी, मित्र, बन्धुबान्धव आदि प्राप्त गर्दछन् । त्यसैले मानिसहरुले दुख र बारम्बार जन्म लिइरहने बाध्यात्मक अवस्थाबाट बच्नको लागि इश्वरको भजन, किर्तन, नाम जप र ध्यानमा लाग्नु बाहेक कुने उपाय छैन । अघोरीहरुले आफ्नो पूर्व जीवनको ऋणानु बन्धनबाट छुटकारा पाउनका लागि सम्पूर्ण मोह, माया परित्याग गरी वैराग्य धारण गरेका हुन्छन् । अघोरी साधुहरुले जीवन र मृत्यु चक्रबाट छुटकारा पाउनको लागि बैदिक विधिबाट आफ्नो श्रद्धाकर्म अर्थात पिँडदान समेत आफ्नै जीवनकालमा गरि सकेका हुन्छन् । उनीहरुले शिवको ध्यान र जप साधना र उपासना गर्दा अघोर विधि अपनाएको हुनाले उनीहरुले जनशुन्य स्थानमा गएर रात्रीकालमा श्मशान भूमिमा शिव साधना गरेका हुन्छन् ।
भनिन्छ ईशापुर्व चौथौँ शताब्दी देखि आठौँ शताब्दी तिर शिव उपासना गर्ने देखि आठौँ दशौँ शताब्दी तिर शिव उपासना गर्ने एउटा नयाँ शौवमतको रुपमा अघोर साधना विधिको प्रतिपादन भएको थियो । भगवान शिवको साधना गर्नु कठिन छैन । अघोर भनेको जो कठिन छैन । अर्थात शिवको भक्ति गर्नु सरल छ । अघोरी साधक हरुको लागि जीवनको प्रथम र अन्तिम लक्ष्य भनेको शिव साधना गर्नु हो र शिव प्रति समर्पित हुन्छ । सम्पूर्ण संसार भगवान शिव र माता तारा (दुर्गा) को लीलाभूमी हो । त्यसैले भगवान शिवलाई महाकाल र माता तारा (शमसान देवी ) लाई महाकाली भनेर भन्ने गरिन्छ । भगवान शिव र माता तारालई अघोर तान्त्रिक विधिबाट प्राप्त गर्न सकिन्छ । अहिले अघोरी नागा, साधु र सन्यासीहरुको थुप्रै आश्रमहरु तथा सम्प्रदायहरु रहेका छन् । भनिन्छ यसपालीको महाकुम्भ स्नानको अवसरमा करीब पांच हजार भन्दा बढी नयाँ अघोरी साधकहरुले दीक्षा लिएका थिए । एक पटक अघोरी साधकहरुले दीक्षा लिई सकेपछि अर्थात् गुरू थापि सकेपछि अघोरीहरु सांसारीक र सामाजिक बन्धनबाट मुक्त बन्दछन् । उनीहरुको लागि संसार श्मशान समान हुन्छ । समाजले निर्धारण गरेका मूल्य, मान्यता, परम्परा, रिति थिति र संस्कारहरुलाई उनीहरुले शिव साधनाको बाधक तत्वको रुपमा स्वीकार गर्दछन् । उनीहरुले आफ्नो पूर्वजीवनका सम्पूर्ण कर्महरुको परित्याउ गरेका हुन्छन् ।
अघोरी साधकहरुले खान हुने र खान नहुने खाद्धपदार्थ छुट्उँदैनन् । राम्रा र नराम्रा छुट्याउँदैनन् । प्रकृतिले उत्पादन गरेका हरेक वस्तुलाई उनीहरुले पवित्र मान्दछन् र भोजनको रुपमा सहज रुपमा लिन सक्दछन् । यति सम्म कि मसानमा शव साधना गर्ने बेलामा उनीहरुले आगोमा जल्दै गरेको लाशबाट अंगहरु झिकेर पनि खाना खाने गर्दछन् । अघोरीहरु मरेका जुनसुकै वस्हरुपनि खान सक्दछन् । मानिसका खप्परहरु नै उनीहरुका लागि ठूलो भाँडो हुन्छ । मानव खप्परलाई उनीहरुले तन्त्र मन्त्र र साधनामा पनि प्रयोग गर्दछन् तर उनीहहरुको मन स्वतन्त्र निर्मल र पवित्र हुन्छ । उनीहरुले काम क्रोध, लोभ मोह अहंकार र अज्ञानताबाट उनीहरु पुरै मुक्त हुन्छन् । समाजले बनाएका सबै बन्धनहरु भन्दा उनीहरु माथि भएकोले उनीहरुले सांसारीक वस्तुहरु माथि लोभ गर्दैनन् तथा कुनै पनि प्राणी प्रति विभेद गर्दैन्न । सबै प्राणीहरुमा शिव र शक्तिको अंश भएकोले उनीहरुले सबै प्राणीहरु प्रति दयालु हुन्छन् । धर्म रक्षाको लाली उनीहरुले आफ्नो ज्यानको समेत कुनै पर्वाह गर्दैनन् । भारतमा मुस्लिम लुटेरा डाकु र शासकहरुले हिन्दु मन्दिरहरु माथि आक्रमण गर्न खोज्दा अघोरी साधकहरुले ठूलो संघर्ष गर्नु परेको इतिहास छ । भनिन्छ अघोर मतको प्रतिपादन स्वयं आदि देव भगवान शिवबाट नै भएको जनश्रुति र मान्यता रहेको छ । त्यसैले भगवान शिवले धारण गरेको भेष जस्तै भेष धारण गर्ने अघोरी साधकहरु भगवान शिवकै रुपमा पूजित छन् । आदियोगी भगवान आदिनाथ शिवबाट सर्वप्रथम भगवान दत्तात्रैयलाई ज्ञान दिक्षा दिइइको हुनाले कुनै समयमा भगवान दत्तात्रैय आसामको कामरुप कामाख्या देवी मन्दिरको वरिपरिको जङ्गलमा परिभ्रमण गरि रहँदा ब्रह्मपुत्र नदिको जलप्रवाहमा बग्दै गरेको ठूलो माछाको मुखवाट निकालेर उहाँले मत्सेन्द्रनाथ मूलरुपमा कामरुप कामाख्या देवीका साधक र तान्त्रिक उपासक थिए । योगी मत्सेन्द्रनाथले अघोर शिव उपासनाको नाथ परम्पराको जग बसाल्नु भएको थियो । नौ वटा नाथ सम्प्रदायका साधुहरुमा मत्स्येन्द्र नाथ पछि गोरख नाथ, जालन्धर, कनिपा, गोपीचन्द, कौराङ्गी, चारपाती, धरमनाथ, गिरिनाथ, प्रमुख स्थानमा रहेका नागा अघोरी साधु र साधकहरु हुन् । भारतको उत्तरप्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथ पनि नाथ सम्प्रदाय कै साधकको रुपमा रहनुभएको छ ।
यसरी अघोर शिव साधना इश्वर भक्ति र शिव भक्तिको एउटा भक्ति धार हो जुन हिन्दु सनातर धर्मको एउटा विशिष्ट पूजा पद्धति बन्न गएको छ । यसले मानिसलाई धर्म, कर्म, तिर लाग्न उत्प्रेरित गराउँछ । अन्य अघोरी साधकहरुमा बाबा कापालिका बाबा किनाराम लाई पनि महत्वपूर्ण स्थान प्राप्त छ । हालसालै भारतको प्रयागराजमा एकजना अभय सिंह नाम गरेका यस्ता अघोरी र मलंग साधु भेटिएका थिए जुन इरोस्पेश इन्जिनियरिंङमा मास्टर डिग्री गरेर भारतीय साठी लाख प्रति वर्ष आम्दानी आउने कनाडा हवाइजहाज बनाउने कारखानामा आई आई टी पढेका इन्जिनियर थिए । त्यसलाई छाडेर शिवसाधनामा लागेका छन् । यस्ता सबै अघोरी साधकहरुले विश्वका प्रत्येक मानिसहरुको मनमा धर्म र संस्कृतिको रक्षाको लागि तयार हुन तथा इश्वर भक्तिको लागि तयार हुने प्रेरणा दिई रहेको छ ।

Author

You may also like