देश–समाज

जनताको चाहना र आकांक्षालाई पुरा गर्न समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सार्थकतामा पुर्याउने : सांसद बस्नेत

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी नेकपाले गरेको काम जनता सामु घाम जस्तै छर्लङ्ग रहेको बताउँदै प्रमुख प्रतिपक्षिदल तथा नेपाल मजदुर किसान पार्टी नेमकिपाले विगतदेखी अहिलेसम्म गरेका कामहरु वादल लागेजस्तै भएको बताउनुभएको छ ।
नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११४०, छठ पर्वहरुको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेकपा नेतृत्वको सरकार तथा जनप्रतिधिले जनतालाई कुनै कथा सुनाएको नभई देशभर विकासको लहर ल्याएको सन्देश प्रवाह गरेको बताउनुभयो । 
जनताले नेकपाको लागि देवता भएको बताउँदै जनताले दिएको जनमतका जनताको चाहना र आकांक्षालाई पुरा गर्न आधारमा समृद्ध नेपाल सुखी नेपालीको महाअभियानलाई सार्थकतामा पुर्याउने बताउनुभयो ।
एजेण्डा विहिन राजनीतिक दललाई मतदान गर्नु देश र समाजको लागि ठूलो दुर्भाग्य हुने बताउँदै उहाँले आगामी उपनिर्वाचनमा सदनमा पछि बसेर विरोध गर्ने हैन, विकास र समृद्धिको बाटोलाई अघि बढाउने जनप्रतिनिधि आवश्यकता रहेको बताउनुभयो । उहाँले चाडपर्वले एउटा परिवारमा खुसी ल्याउने तर एउटा निर्वाचनले लाखौं जनताको भाग्य र भविष्यको फैसला गर्ने बताउनुभयो ।

 

Chat conversation end

Author

You may also like