धनुषा, धनुषामा प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
आज बिहान सरसफाइ कार्यक्रम गरेर फर्किँदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकल जनकपुरको रामचोकमा ठोक्किदा आनन्दनगर बस्ने १९ वर्षीय मनिष मण्डलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा मण्डलका घरबेटी नजुर अन्शारी घाइते भएका छन । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
मृतक मण्डलको शव पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरीको भ्यान चालक प्रहरी जवान सन्तबहादुर थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।