देश–समाज

एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला

काठमाडौँ, एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला सामान्यतयाः ५, १० या १५ तर बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन ।

लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । २०५२ र०५३ सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो । २३ वर्षमा धेरैवटा सरकार फेरिए । बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए ।

यो आयोजनाको नियति फेरिएन । सफा र शुद्ध पानी खाने बुटवलवासीको सपना कहिल्यै पूरा भएन । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् ।

You may also like