अवैध लागूऔषध सहित पक्राउ

 झापा,  बुद्धशान्ति गाउँपालिका ४ सुनमाईबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरीले मे १ च ६६८५ नम्बरको टाटासुमो जीप जाँच गर्ने क्रममा डिक्कीमा लुकाई छिपाई राखेको अवस्था उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी जीपमा सवार तामाङलाई पक्राउ गरेको हो ।

पर्वत, जलजला गाउँपालिका ३ बस्ने २१ वर्षीय सुवास जिसीलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी उनले आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी वारीवेनीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published.