भक्तपुर ,नेपालीहरुको महान चाड विजया दशमी दशैंको विशेष समयमा समेत भक्तपुरको विकासले भने निरन्तरता पाएको छ । दशैंकको चाडसँगै भक्तपुरकार सडकमा कालोपत्रे गर्ने कार्य भने तिव्र गतिका साथ अघि बढिरहेको पाइएको छ ।
संघियताको कार्यान्वयनसँगै निर्वाचित जनप्रतिनिधि आएपश्चात भक्तपुरले विकासको मुहारमा ठूलो परिवर्तन आएको छ । विशेषत तीन वटै सरकारको समन्वय नै भक्तपुरको विकासमा मुल फुटेको हो । सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, वातावरण स्वच्छता, अपराधमुक्तलगायतका विभिन्न प्रकारका अभियानहरु नै विकास निर्माणसँगै जोडिएर भक्तपुरको विकास अघि बढेको छ ।
यसै क्रममा भक्तपुरको विकासको नेतृत्व गरिरहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा भइरहेका कुनै पनि विकास निर्माणका कार्यहरुलाई आफैले प्रत्यक्ष अनुगमन, निरिक्षण तथा रेखदेख गरिरहनु भएको छ । जसको साथमा विभिन्न राजैतिक दल, जनप्रतिनिधि तथा स्थानीयवासीको अथक साथ र सहयोग रहेको छ ।
यसै बिच सांसद बस्नेतसहितको टोलिले दशैंको समयमा नै आज मध्यपुर थिमी अस्पताल हुँदै खरिवोट–गाम्चा जाने सडक कालोपत्रे भइरहेको ठाउँमा पुगी छड्के निरिक्षण गरेको छ । सांसद बस्नेतको साथमा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासी समेतको टोलिले उक्त स्थानमा निरिक्षण गरेको हो ।
उक्त सडकको कालोपत्रे सम्पन्न भएसँगै हनुमन्ते नदीमा निर्माणधिन पुलहरुले समेत सवारी साधन तथा स्थानीयवासीमा आवतजावतमा समस्या भइरहेको समयमा उक्त सडक समस्या समाधानको माध्यमको रुपमा रहेको छ । जसको निर्माणसँगै स्थानीयवासीले दुःखको शास्तिबाट छुटकारा पाउने भएका छन् ।
निरिक्षणका क्रममा सांसद बस्नेतले सडक निर्माण तथा कालोपत्रे गर्ने कार्यमा भएका गल्ती र कमजोरीलाई सुधार्न आग्रह गर्नुभएको छ । उहाँले निर्माण कम्पनिलाई जनताले पाएको दुःखलाई मध्यनजर गर्दै तत्काल निर्माण सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ ।