देश–समाज समाचार स्थानीय स्वास्थ्य

दमक अस्पतालमा ६ शैयाको क्याविन सञ्चालन, सय शैयाको स्तरोन्नतिका लागि प्रक्रिया सुरु

दमक । दमक अस्पतालमा बढेको चाप र सेवाग्राहीको माग बमोजिम दमक अस्पताललाई सुविधा सम्पन्न गराउन ६ शैयाको क्याविन बुधबारदेखि सञ्चालनमा आएको छ । दमक नगरप्रमुख रामकुमार थापाले सो क्याविनको रिबन काटेर उद्घाटन गरे ।
स्वास्थ्य चौकीका रूपमा स्थापना भएको अस्पतालले २०७३ सालदेखि १५ शैयाको नगर अस्पतालका रूपमा सेवा सुरु गरेको थियो । हाल अस्पतालले आफ्नै आन्तरिक स्रोतबाट सेवा विस्तार गर्दै आधुनिक उपचार प्रणालीलाई प्राथमिकता दिएको जनाएको छ ।


दमक अस्पतालले बिरामीहरूको सहजताका लागी ल्याइएको क्याबिन कक्षमा एक चिकित्सक र नर्स सहितको स्वास्थ्यकर्मीको उपस्थितिमा सेवा उपलब्ध रहनेछ । क्याबिन सेवाअन्तर्गत २ वटा कोठामा सिङ्गल वेड तथा २ वटा कोठामा डवल वेड सहित ६ वटा बेड उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण शाहले बताएका छन् ।
अस्पतालको सेवा थप प्रभावकारी बनाउन स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग नयाँ कार्यक्रम तथा अत्याधुनिक उपकरणका लागि पहल भईरहेको थापाले बताए ।
नगरप्रमुख थापाका उनका अनुसार उक्त क्याविनहरु आवश्यकता अनुसार थप हुँदै जाने छ । सोही क्रममा थापाले बुधबारदेखि नै सो अस्पताललाई सय बेडको बनाउने प्रक्रियाको थालनी भएको जानकारी दिए । सय बेडको अस्पतालका लागि आवश्यक संरचना, सेवा, सुविधा के के चाहिन्छ र अहिलेसम्म दमक अस्पताल कुन तहमा पुग्यो भनेर बैठक बसेर छलफल समेत गरेको छ । सोही प्रयोजनका लागि माथिल्लो तलामा ५ करोडको लागतमा तला थप्ने काम अब चाँदै सुरु हुने पनि थापाले जानकारी गराए । ६ महिनाभित्रमा सक्ने गरी ठेक्का लागि सम्झौता भईसकेको पनि थापाले बताए ।

Author

You may also like