खेल स्थानीय

दमक तेक्वान्दो डोजाङद्वारा खेलाडीहरुको ग्रेडिङ

२० साउन, दमक । दमक तेक्वान्दो डोजाङले शुक्रवार खेलाडीहरुको ग्रेडिङ गरेको छ । दमक ५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलमा पहिलोपटक खेलाडीहरुको ग्रेडिङ गरेको हो ।
अध्यक्ष जितु धिमालका अनुसार खेलाडीहरुको क्षमतालाई थप प्रोत्साहित गर्न संस्थाले पहिलोपटक ग्रेडिङ गरेको बताए । तालिममा सहभागी खेलाडीहरुका लागि हरेक ३ महिनामा यस किसिमको ग्रेडिङ गरिँदै आएको उनले बताए । ग्रेडिङमा विभिन्न विद्यालयबाट सहभागी हुँदै आएका ह्वाइट वेल्टका १३ , यल्लो १०, हाफ ग्रिनका ४, ग्रीनका ९, व्लुहाफका ७ र व्लुवेल्टका २ जना खेलाडीले सहभागिता जनाएका छन् । केहि महिना अघि मात्र स्थापना गरिएको डोजाङले सर्वोदयसहित मदरल्याण्ड, हिमज्योति, एकता एकाडेमीमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गरिआएको छ । ग्रेडिङमा खेलाडीहरुले आफना प्रतिभाहरु समेत प्रर्दशन गरेका थिए । सोहि अवसरमा डोजाङमा आवद्ध भई प्रशिक्षण प्रदान गरिआएका दुई जना व्लाक बेल्ट बन्न सफल भएका आयुस धिमाल र कपिल धिमाललाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । द्धय खेलाडीलाई दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले प्रमाणपत्र हस्तान्तरण गरिन् ।
सोहि अवसरमा डोजाङले दमकमा यहि भदौ दोश्रो साता अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिने तयारी गरिएको उनले जानकारी दिएका छन् ।

Author

You may also like