खेल

खेलकुद महोत्सव सम्पन्न

पथरी, १७ माघ। खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ फुटबलको फाइनलसँगै पुरस्कार वितरण गरेर समापन भएको छ ।
सात वटा विधामा भएको खेलकुद प्रतियोगितामा फुटबलमा १० वटा टिमले प्रतिस्पर्धा गरेको थियो । फाइनल खेलमा नजरिन युथ क्लवलाई १—० गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा फुटबल क्लव प्रतियोगिता च्याम्पियन बनेको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, १ नम्बर वडाध्यक्ष भिमकुमार राई, २ का नैना राई, ८ का नवीन कार्की, १० का जीवन खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्वास्थ्य प्रमुख मुरारी आचार्य लगायतको खेल बिजेतालाई एक लाख र उपविजेतालाई ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरे । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने नजरिन युथ क्लवका बादल लिम्बूले गोल्डेन गोल, सोही टिमका रक्षक अभिषेक तामाङले गोल्डेन ग्लोब्स र सर्बाधिक चार गोल गर्ते कल्याण फुटबल टिमका सुरज याक्खाले गोल्डेन बुट पाएका छन् ।
फुटबल खेलको समापनसँगै महोत्सवमा क्रिकेटमा बिजेता १ नम्बर वडा टिम, उपविजेता ५ नम्बर, भलिबलमा बिजेता २ नम्बर, उपविजेता ९ नम्बर, बुद्धिचालमा प्रथम निलम बस्नेत लगायत १२ जना, मिनि म्याराथनमा महिला जमुना गुरुङ लगायत र म्याराथुनमा पुरुष बिजेताहरु, कराते, तेक्वान्दो, महिला फुटबलमा बिजेता, उपविजेता लगायत घोषित पुरस्कार, ट्रफी, प्रमाणपत्र र मेडलहरु प्रदान गरिएको छ । माघ ६ गतेदेखि सुरु भएको प्रथम ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ १० दिनपछि बिशेष समारोहवीच समापन भएको हो ।

You may also like