:— गोपाल गड्तौला—:
एउटा मालसामान ढुवानी कम्पनीले आफ्ना मोटरहरु हरेक घुम्तीमा दाहिने मात्र मोडेर बार्षिक दश मिलियन ग्यालेन इन्धन बचत गरिरहेको छ भन्ने सुन्दा अचम्म लाग्नसक्छ । तर यो सत्य हो ।
अमेरिकी ढुवानी संस्था युपिएस (युनाइटेड पोष्टल सर्भिस) ले आफ्ना ढुवानीमा खटिएका सवारी साधनहरुलाई दाँयामात्र मोड्न लगाँउछ । एकदमै अभर वा अवरोधको अवस्थामा बाहेक युपिएसका मोटरहरु बाँया मोडिदैनन् । त्यसरी बाँया मोडिने सवारी साधनको संख्या दश प्रतिशत भन्दा कम छ ।
यसरी मोटर दायाँमात्र मोडेबापत (दुरी कम हुनाले) यस कम्पनीले हरेक वर्ष दश मिलियन ग्यालेन अर्थात तिन करोढ ७८ लाख ५४ हजार १सय १७ लिटर लिटर इन्धन बचत गरिरहेको छ । आजको मुल्यमा त्यति इन्धनको मोल १५ करोढ १४लाख १६ हजार ४सय ६८ डलर हुन आँउछ । नेरुमा हिसाव गर्दा यो रकम ३० अर्ब ८८ करोड ८९ लाख ५९ हजार ४सय ७२ हुन आँउछ ।
यो सँगै मोटरहरु दाँयामात्र मोड्दा अरु तीनतिरबाट आएका सवारी साधनलाई बाटो दिन पर्खिरहनु पर्दैन र गन्तब्यमा अरुभन्दा केहि छिटो पुगिन्छ । दाँया मोडिनुको अर्काे फाइदा भनेको दुरी कम हुनु पनि हो । अगाडि र दाँयाबाट सवारीसाधन आएका छैनन भने सामुन्नेमा रातो बत्ती बलेको अवस्थामा पनि दाँया जान सकिने भएकोले पुग्नुपर्ने ठेगानामा छिटै पुगिन्छ जसकारण अमेरिकामा अरुभन्दा सरदर वार्षिक साढेतिनलाख बढि पटक ढुवानी गर्न सकिएको युपिएसले जनाएको छ । मोटर दाँयामात्र मोड्दा बाँया मोडिने क्रममा हुने सवारी दुर्घटना घट्छ र हरेक वर्ष २० हजार मेट्रिक टन कार्वन पनि घटाँउछ ।
युपिएससँग एकलाख ३५ हजारवटा मालवाहक सवारी साधन छन् । युपिएसले संसरका दुईसय मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अमेरिकामा मात्र यसका एकलाख सवारी साधनहरु गुडिरहेका हुन्छन् । युपिएसले आफ्ना मालवाहक सवारी साधनहरुलाई दाँयामात्र मोडाउनकालागि विशेष किसिमको नेभिगेसन नै बनाएको छ जसलाई अन रोड इन्टिगेटेड अप्टिमाइज एण्ड नेभिगेसन भनिन्छ ।
ब्यस्त जीवनशैलिका कारण अमेरिकामा मानिसहरुले धेरैजसो सामान घरमै बसेर मगाउने भएकोले यहाँ ढुवानी कम्पनीले काम पाइरहेका छुन्छन् । मानिसहरु, कपडा, मोवाइल लगायतका सबैजसो सामान यस्तै ढुवानी कम्पनीबाट मगाइरहेका हुन्छन् । कम्पनीसँग साढे पाँचसय हवाईजहाज पनि रहेका छन् ।
यस कम्पनीमा सवारी चालक, गोदाम ब्यवस्थापन, सामान प्याकेजिङ लगायतका काममा चारलाख ६० हजार कामदार कार्यरत छन् ।

Author

You may also like