दमक । काठमाडौं केन्द्रीत शिक्षक आन्दोलन २७ दिन पुगेपछि विभिन्न जिल्लामा समेत प्रदर्शन सुरु भएको छ । सोही क्रममा सोमबार दमक चोकमा शिक्षकहरु भेला भई प्रदर्शन गरे । आन्दोलन गरेका छन् । शिक्षक आन्दोलन भएको आज २७ दिन भयो । तरपनि न समस्या समाधान गर्ने निकाय झुक्न चाहेको छ न समस्या सुनाउनेको आवाज घटेको छ । उनीहरुले ‘शिक्षा ऐन जारी गर’ ‘शिक्षक माथीको प्रहरी दमन बन्द गर’ जस्ता नारा लगाएका थिए । गणतन्त्र चोकमा शिक्षकहरुले आफ्नो स्थानीय तहका नेता, जप्रतिनिधीलाई पनि बुझाउन भन्दै लगाइएको नारा हो । सयौ संख्यामा सहभागी शिक्षकहरुले कोणसभाको आयोजना गर्दै सरकाालाई गणतान्त्रीक शिक्षा ऐन जारी गर्न माग गरेको गौरादह स्थित जनता माविका प्रधानाध्यापक रत्न कट्वालले बताए ।
राज्य संयन्त्र सामुदायकी विद्यालयको शिक्षा मासेर निजी विद्यालयलाई प्रोत्सहन गर्न लागी परेको आरोप लगाउँदै शिक्षक महासघं गौरादहका अध्यक्ष लिलानाथ गौतमले भने – शिक्षकको माग पुरा गर्दा सत्ताधारीहरुको खर्च घट्ने चिन्ताले आन्दोलनलाई ल्याङ्गरीङ गरिरहेको आरोप लगाए ।