समाचार स्थानीय

दमक अस्पतालको गाउँ गाउँमा दिइने स्वास्थ्य सेवा अब्बल बन्दै


दमक । दमक अस्पतालले हालसम्मका उपलब्धी र भावी योजना सार्वजनिक गरेको छ । अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता झल्काउने विभिन्न कदमहरू र नविनतम पहलको विषयमा प्रस्तुतिकरण दिइएको थियो । सामान्य रुपमा सञ्चालन हुँदै आएको अस्पताललाई अहिले अत्याधुनिक प्रविधियुक्त बनाउँदै सकेसम्म कसैले पनि बाहिर जान नपर्ने र नगरमा बिरामीको संख्या न्युन बनाउने गरी अस्पतालको सेवा सुविधा र योजना अगाडि सारिएको उक्त अवसरमा बताइएको छ ।
अस्पतालको सभाहलमा शनिबार आयोजित सो कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष तथा नगरप्रमुख रामकुमार थापाले गरेका थिए भने विशिष्टतामा उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक प्रहरी प्रमुख रामप्रसाद तिमल्सिना, टूाफिक प्रहरी प्रमुख जनक तिम्सिना, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, लगायत अस्पतालका विभिन्न शाखाका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, मिडियाकर्मीलगायतको उपस्थिति रहेको थियो ।
अन्य सेवा सुविधाबाट सन्तुष्टि मिल्दै गए पनि भौतिकपूर्वाधार निर्माणका विषयमा धेरै काम गर्न बाँकी रहेको नगरप्रमुख थापाले बताए । थापाका अनुसार पुरानो भवन भत्काएर त्यसमा नयाँ भवन बनाउनका निम्ति काठमाडौंमा गएका बखत मन्त्री र मन्त्रालयसम्म कुरा राखेको र आश्वासन पाएको बताए । यदि त्यो नभए पनि बीमाको दमक अस्पतालले पाउनुपर्ने भुक्तानी पाएको खण्डमा पनि आफ्नै स्रोतबाट समेत बनाउने लक्ष्य रहेको र त्यो काम चाँडै सुरु हुने पनि बताए । यसैगरी अर्को स्थानमा जग्गाको व्यवस्थापन गरेर ३ सय बेडको अस्पताल निर्माणमा समेत पहल भईरहेको र त्यो गर्न नसके १५० शैयाको सामुदायिक अस्पताल निर्माणमा आन्तरिक रुपबाट जुट्ने नगरपालिकाको निर्णय बमोजिम अगाडि बढ्ने पनि बताए ।
कार्यक्रममा दमक नगर अस्पतालले हालसम्म गरेका उपलब्धीहरुलाई प्रोजेक्ट मार्फत प्रस्तुतिकरण दिइएको थियो । प्रस्तुतिकरणमा १९ कट्ठा जग्गामा २०७३ सालमा स्थापना गरिएको अस्पताल अहिले १५ बेड हुँदै अब ६५ बेडतिर लम्किएको छ । १८५ जना कर्मचारी रहेको सो अस्पतालले ७८ करोड ४६ लाख बढी रकम नगद मौज्जाद देखाएको छ । अझै यसमा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी हुने रकम २९ करोड बढी रकम रहेको देखिन्छ । आर्थिक रुपबाट निकै प्रगति देखिएको अस्पतालमा अन्य सेवा र सुविधा तथा प्रविधिको हिसाबले पनि निकै अगाडि गएको देखिन्छ । अस्पतालमा बिरामीहरुको सुविधाका लागि प्रविधियुक्त प्रणाली, फरक फरक फाँटबाट सहजीकरण गर्दै सेवा दिँदै आइरहेको छ । सो अस्पतालमा कन्सल्टेन्ट २४, मेडिकल अफिसर १५, बीडीएस १, नर्स ३५, ल्याब एसिष्टेन्ट १७ लगायत १८५ जना कर्मचारीले सो अस्पताल हाँकिरहेका छन् । सो अस्पतालमा अधिकांश बिरामीहरु बिमाबाट उपचार गराउने रहेपनि बिमा नगराउनेहरुको समेत आकर्षणको केन्द्र बनेको छ । बिरामीको सेवाका लागि एम्बुलेन्सदेखि सुरक्षा
बिरामी…गार्डदेखि अन्य सुरक्षाका उपायहरु अपनाएको छ ।
सो कार्यक्रममा ९० वर्षभन्दा माथिका आमा बुबा र अपाङ्गता ‘क’ वर्गको घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको दोस्रो भागमा प्रस्तुतिकरण दिइएको थियो । दोस्रो प्रस्तुतिकरणले घरबाटै बिरामी शुन्य बनाउने नगरपालिकाको योजना निकै प्रभाविकारी भएको देखिएको छ । विभिन्न चरणबद्ध रुपमा गरिने यो कार्यक्रमबाट ज्येष्ठ नागरिकमा देखिएका रोगहरुको निदान, औषधी उपलब्धतालगायत धेरै विषय र सन्दर्भलाई जोडेर चिकित्कीय टोली खटिएको बताइएको छ । सो कार्यक्रमबाट सबै वडाहरुमा ९० वर्ष माथिका महिलाहरु बढी भएको जनाइएको छ । ९० वर्षमाथिका धेरै बुबाआमाहरु अस्पतालको पहुँच बाहिर रहेको देखिएकोले पनि त्यस्तै व्यक्तिहरुका लागि पनि हरेक तीन महिनामा पुग्ने गरी सो कार्यक्रम चलाइएको बताइएको छ । क वर्गका अपांगता खेपिरहेकाहरु अधिकांश अस्पताल पुग्ने गरेको र तिनीहरु बढी पुरुष रहेको पनि खुलेको छ । व्यवस्थापकीय चुनौतीहरु, मौसम सम्बन्धी चुनौतीहरु, सञ्चार अवरोधहरु र तथ्याङ्क संकलन र व्यवस्थापनमा सो अभियानका क्रममा कठिनाइ हुने समेत औंल्याइएको छ । सो कार्यक्रमबाट ज्येष्ठ नागरिकका परिवारको संख्यासहित विभिन्न कोणबाट हेरिएको पनि बताइएको छ ।
मुख्य उपलब्धिहरूः
सेवा मापदण्डमा उत्कृष्टताः अस्पतालले स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड अनुसार ८० प्रतिशत अङ्क हासिल गर्न सफल भएको जानकारी दिइयो ।
पूर्वाधार सुदृढीकरण ः अस्पताल परिसरमा सुरक्षा प्रवद्र्धनका लागि कम्पाउन्ड वाल निर्माण गरिएको छ। साथै, काउन्टर र फार्मेसी सञ्चालनलाई व्यवस्थित बनाइएको छ ।
प्रविधिमैत्री सेवा ः टोकन प्रणाली र इलेक्टूोनिक मेडिकल रेकर्ड ई यम आर प्रणालीको पूर्ण कार्यान्वयनले सेवा प्रवाहलाई वैज्ञानिक र सहज बनाएको छ ।
पोस्ट अपरेटिभ सेवा विस्तार ः नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलद्वारा ११ शैयाको पोस्ट अप सेवा उद्घाटन गरिएपछि, उक्त सेवा सफलतापूर्वक सञ्चालनमा आएको छ ।
प्रशासनिक सुधारः रिपोर्ट वितरणलाई सहज बनाउन छुट्टै काउन्टरको व्यवस्था गरिएको छ र पोस्टमार्टम सेवालाई व्यवस्थित बनाउन नयाँ संरचना निर्माण गरिएको छ।
सामुदायिक सेवा ः ९० वर्ष माथिका नागरिक तथा अपाङ्ग सेवाग्राहीहरूको लागि घरदैलो स्वास्थ्य सेवा नियमित रुपमा सञ्चालनमा आएको छ, जसबाट हालसम्म ३३४ जना लाभान्वित भएका छन्। साथै, के यच डि सि कार्यक्रमअन्तर्गत २,३६१ नागरिकहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको छ र निकट भविष्यमा सम्पूर्ण वडामा यो कार्यक्रम विस्तार गर्ने योजना छ ।
आपतकालिन सेवामा सुधारः आपतकालीन विभागलाई थप व्यवस्थित गरिने भएको छ।
आगामी योजनाहरू
आधुनिक भवन निर्माणः अस्पतालको उत्तरपट्टी रहेका पुराना भवनहरू भत्काई अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अघि बढाइएको छ।
नयाँ उपचार एकाइहरूः ीष्यलक ऋगिद सँगको सहकार्यमा ५ शैयाको आई.सि.यु सेवा र आन्तरिक स्रोतबाट ५ शैयाको यच.डि.यु. सेवा सञ्चालन गर्ने योजना रहेको छ ।
अन्य नयाँ सेवाहरूः ६ शैयाको क्याबिन सेवा, ल्एज्ी र एएज्ी सँगको साझेदारीमा ऋगतिगचभ ीबद क्भचखष्अभ, डबल प्यानल म्च् सिस्टम, नगर फार्मेसी, स्तनपान कक्ष तथा अस्पताल क्यान्टिन सञ्चालन गरिने योजना छ।
प्रविधि र व्यवस्थापन सुधार ः पोस्टमार्टम सेवामा सुधार, बायोमेडिकल वेस्ट म्यानेजमेन्टलाई थप व्यवस्थित गर्ने र नवीनतम प्रविधियुक्त उपकरणहरूको प्रयोगबाट सेवाहरूलाई प्रभावकारी बनाउने कदमहरू उठाइने छन् ।


यस कार्यक्रमले दमक अस्पतालका प्रबन्धकहरूले स्थानीय स्वास्थ्य सेवामा गुणस्तर र प्रभावकारिता सुधारका लागि अगाडि बढेका पहलहरूलाई सार्वजनिक गर्ने अवसर प्रदान गरेको छ। अस्पताल प्रशासनका नेताहरूले यी सुधार र नवीनतम योजनाहरूले प्रदेशभरि स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।
सो कार्यक्रममा नगरप्रमुखले भावी योजनासहित बीचबीचमा कार्यक्रमका विषयमा ब्रिफिङ गरेका थिए भने उपप्रमुख भट्टराई, सामजिक व्यक्तित्व शेरबहादुर केसी लगायतले कार्यक्रममा बोलेका थिए । सो कार्यक्रमको अन्तमा सुझावसहितका जिज्ञासा राखिएको थियो ।

Author

You may also like