समाचार स्थानीय

दमकमा मानवअधिकार शिक्षा तथा सदस्यता अभिमुखिकरण कार्यक्रम सम्पन्न

झापा, दमक — एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ७५ को आयोजनामा दमकमा मानवअधिकार शिक्षा तथा सदस्यता अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम समूह ७५ का सचिव पदम प्रसाद रेग्मीको सञ्चालनमा र अध्यक्ष प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उप–प्रमुख प्रसाईले मानवअधिकार सम्बन्धी यस्ता अभिमुखिकरण कार्यक्रमहरू विभिन्न ठाउँमा सञ्चालन गरेर जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मानवअधिकार शिक्षा तथा सदस्यता अभिमुखिकरण सम्बन्धी प्रशिक्षण एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक तथा प्रमुख प्रशिक्षक निराजन थपलियाले प्रदान गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य समूह ७५ की सदस्य निर्मला कुमारी पौडेलले राखेकी थिइन्।

कार्यक्रमको उद्देश्य नागरिकहरूमा मानवअधिकारसम्बन्धी चेतना फैलाउनु रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल समूह ६०, ८३ लगायत विभिन्न शैक्षिक संस्था तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

Author

You may also like