समाचार

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

बाँके। नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश क्षेष्ठले जानकारी दिनुभयो ।

उनको गत सोमबार उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । मृतक निमोनियाको रोगी भएको बताइएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । यता स्वास्थ्य मन्त्रालयले भने ती महिलाको मृत्युको आधिकारीक पुष्टि गर्न भने बाँकी छ ।

Author

You may also like