समाचार

रोट्याक्ट क्लब दमकमा नयाँ नेतृत्व

दमक/ विभिन्न सामाजिक काम गर्दै आएको संस्था रोट्याक्ट क्लब अफ दमकको नयाँ नेतृत्व चयन भएको छ । ३ वर्ष अघि स्थापना भएको रोट्याक्ट क्लब अफ दमकको वर्ष २०२१/०२२ का लागि सपना लिम्बूले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।
क्लबले समाजसेवा, परोपकार, युवाहरुमा भातृत्व विकास, नेतृत्व विकाससंगै युवाहरुको वृत्ति विकासका काम लगायतका सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
क्लबका वर्ष २०२०–२१ का अध्यक्ष दधिराम ढकालका अनुसार क्लबले दमक नगरपालिका, झापा मोडल अङ्ग्रेजी स्कुल, इन्ट्याक्ट क्लब अफ जेम्स, होटल कात्यायनी इनन् दमक, रोटरी क्लब अफ दमक, ग्रेस एजुकेसनल एजुकेसन माइग्रेसन दमक लगायतका विभिन्न संघसंस्थाहरुसंग मिलेर गाउँमा लाइब्रेरी, दमकका सबै सामुदायिक विद्यालयमा फुलबारी बनाउने कार्यक्रम, सय रङ्ग दमक, पुस्तक संकलन गर्नका लागि बुक बिन कार्यक्रम, महिला शिक्षामा आधारित ‘आमा सक्नु हुन्छ’ कार्यक्रम, महिलाहरुको नेतृत्व विकासका लागि आमा बोल्नुपर्छ है कार्यक्रम, बृहत रक्तदान कार्यक्रम, चिसो समयमा विपन्नलाई न्यानो कपडा वितरण लगायतका कार्यक्रम गरिएको छ ।
क्लबले बिहीबार एक कार्यक्रम गरी नयाँ टिमलाई पदभार गरेको थियो । त्यस्तै, क्लबले वर्ष २०२०÷०२१ मा क्लबमा रहेर उत्कृष्ट कार्य गर्ने क्लबका सदस्य अमन जैसवाललाई रोट्याक्टर अफ दि इयरको पुरस्कार प्रदान गरेको थियो । ढकालले आफ्नो कार्यकालमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुका साथै सपना लिम्बू लगायतको टिमलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ दमक अध्यक्ष शान्ता ढकाल, रोटरी क्लब अफ दमक २०२१÷०२२ का अध्यक्ष भरत चम्लागाई, रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईं, पूर्व अध्यक्ष तथा एजि नवीन श्रेष्ठ ,रोटरी क्लब अफ दमकका सल्लाहकार डाक्टर लेखनाथ नेउपाने लगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like