गौरादह/ कोरोना महामारीमा समयमा अस्पतालहरुमा रगतको अभाव हुन नदिन नेकपा माओवादी निकट वाइसीएल गौरादहले शनिबार आयोजना गरेको रक्तदानमा ३४ पिन्ट रगत संकलन भएको छ । गौरादह–१ स्थित मुख्य बजारमा आयोजना गरिएको रक्तदानमा ३ महिला र ३१ पुरुष गरी ३४ जनाले रगतदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र जिल्ला शाखा भद्रपुर र दमकको प्राविधिक सहयोगमा भएको रक्तदान उद्घाटन कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष माधव भट्टराई, पुष्प ढकाल, वाइसीएल नगर कमिटी इन्चार्ज धर्म चौहान लगायतको उपस्थिति रहेको थियो ।