समाचार

थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको बताउनु भयो ।

पछिल्लो २४ घण्टामा ८ महिलासहित एक सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार एक सय ५८ पुगेको छ ।

अहिलेसम्म एक लाख ४३ हजार ७ सय ३८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ५ सय ३१ जना आइसोलेसनमा रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।

Author

You may also like