समाचार

आजदेखि झापाको दमकमा व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने

दमक। झापाको दमकमा आजदेखि व्यापार व्यवसाय साँझ ५ बजे सम्म संचालन गर्न पाइने भएको छ । बाणिज्य संघले हिजो विज्ञप्ती निकाल्दै आजबाट लागुहुनेगरि सरकारले तोकेका व्यापार व्यवसाय संचालन गर्न साँझ ५ बजे सम्मको समय तोकेको हो ।

आजसम्म पसलहरु दैनिक विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र संचालन हुँदै आएका थिए । उसले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानी अपनाउँदै व्यवसाय संचालन गर्न पनि भनेको छ । अनुगमन गर्दा आवश्यक सजकता अपनाइएको नपाइएमा संबन्धित निकायले कार्वाहि गर्ने भएकाले सेनिटाइजर देखी व्यक्तिगत दुरी कायम सम्ममा ध्यान दिन पनि सबैमा अनुरोध गरेको छ ।

त्यस्तै दमक बजार पनि अब बन्द नहुने भएको छ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको बजार आगामी छठ पर्व सम्मका लागि खुल्ला गरिएको छ । शुक्रबार पनि बजार खुल्ने भएपछि दमकका व्यापारी व्यवसायीहरुलाई केहि राहत भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेपछि बन्द व्यापार व्यवसाय केहि दिन देखी खुल्न थालेका छन् । लकडाउनका कारण व्यापार व्यवसायमा ठूलो क्षति पुगेको भन्दै अब छठ सम्म बजार बन्द नहुने दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले पूर्वसन्देशलाई जानकारी दिनु भयो ।

वहाँका अनुसार बाणिज्य संघले यस विषयमा निर्णय नै गरिसकेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बढी भीडहुने होटल रेष्टुरेन्ट तथ सिनेमा हलहरु भने सरकारले निर्णय नगरेसम्म नखुल्ने बताउनु भयो ।

Author

You may also like