दमक । झापाको दमकका विद्यार्थीहरुले प्राविधिक शीपमूलक विषय बीआईटी र बीएचएम अध्ययनका लागि बाहिर जान नपर्ने भएको छ । आस्था कलेजको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।
इटहरी पूर्वमा अहिलेसम्म नभएको विषय बीआईटी र बीएचएम पहिलो पटक विभिन्न कलेजहरुको समन्वय र साझेदारीमा आउने भएको सो पत्रकार सम्मेलनमा बताइएको छ ।
बिगत लामो समयदेखि हाम्रो यस क्षेत्रमा स्नातक स्तरको प्राविधिक तथा सिपमूलक शिक्षाको आवश्यक ता, विद्यार्थी र अभिभावकको माग बमोजिम यसै वर्षदेखि आम्दा कलेज दमक, नमुना कलेज इटहरी र अर्किड इस्टरनेशनल कलेज काठमाडौंको संयुक्त व्यवस्थापनमा युनिभर्सल कलेज अफ टेक्नोलोजि एण्ड मेनेजमेन्ट संचालन हुने भएको उक्त कलेजमा बीआईटी व्वस्थापन र विएचएमका कक्षाहरु संचालनमा आउने भएको आस्था कलेज एण्ड मेनेजमेन्टका कार्यकारी निर्देशक टेकनाथ भण्डारीले बताए ।
भण्डारीले यहि विषय पढ्नका लागि दमकका धेरै विद्यार्थी इटहरी, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यका लागि उक्त विषय दमकमा ल्याइएको बताए ।
बीआइटी र बीएचएम कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयले यहि भदौ १३ गतेसम्म (ऋःब्त्) फारम भर्न सूचना प्रकाशित गरिसकेको र त्यसको परीक्षा यहि भदौ २१ गते हुने कार्यसूचि रहेको हुँदा सबैलाई आस्था कलेजमा आएर सिम्याटका फारम भरी आफ्नो सिट सुरक्षित गर्न आब्हान समेत गरिएको छ । सो पत्रकार सम्मेलनमा दमकमा सञ्चालित आस्था कलेज दमक, नमुना कलेज इटहरी, अर्किड इस्टरनेशनल कलेज काठमाडौं, यूनिक कलेज दमक, झापा क्याम्पस, एकता एकेडेमी र दमक आदर्श बोडिङ्ग स्कूलका अध्यक्ष तथा संचालक, क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, शेयर सदस्यहरु, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।