
दमक । दमक–५ मा सञ्चालित ड्रिमल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नरेन्द्र रिजालको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि संस्थापक सदस्य चुडामणी घिमिरे रहेको थिए भने मनोज बुढाथोकीले कार्यक्रम सञ्चालन गरेका थिए । सो तीज विशेष कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई तीन गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा कक्षा २ का विद्यार्थीले रातो टिका रातै चुरी, कक्षा तीनका विद्यार्थीले तिजैको महिना, कक्षा ४ का विद्यार्थीले चिटिक्कै भा छु रे, कक्षा ५ का विद्यार्थीले आयो तिजैको लहर, कक्षा ६ का विद्यार्थीले आयौ चेली, कक्षा ७ का विद्यार्थीले राधा पियारी, कक्षा ८ का विद्यार्थीले यो छोरिको रुपै राम्रो, कक्षा ९ का विद्यार्थीले आयो तिजैको लहर र कक्षा १० का विद्यार्थीले तिजको लहर जस्ता तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए ।


