तीज, नेपाली समाजमा महिलाको स्वतन्त्रता, श्रद्धा र आध्यात्मिक समर्पणको चाड होरु। परम्पराले यसको इतिहास बोकेको छ, जहाँ महिलाहरूले परिवारको सुख, पतिको दीर्घायू र आफ्नै आत्मिक शुद्धिका निम्ति व्रत बसेर धर्म र सामाजिक मूल्यको संरक्षण गर्दै आएका थिएरु। तर आज त्यो तीज, मूल मर्म गुमाएर, भड्किलो प्रदर्शनको रंगमञ्चमा परिणत भएको छरु। चाड होइन, अब यो देखासिकीको महोत्सव बनेको छरु। सादगी र साधनामा रमाउने चाड, अब फेशन र फजुल खर्चको उत्सव जस्तै बनेको छरु। के हामी अझै पनि चाडलाई आत्मिक र सामाजिक उन्नतिको साधन मान्ने कि वर्गीय विभाजनलाई झनै गहिरो बनाउने भन्ने प्रश्न समाजमा अब उठ्न थालेको छ ।
दुई महिनाअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन्, पार्टी प्यालेस भरिन्छन्, हजारौंको पोशाक, श्रृङ्गार र फोटोशेसनले सामाजिक सञ्जाल रंगिन बनाएर रमाउनेको कमी छैनरु। जहाँ सादा जिन्दगी बाँच्ने, भोलिको छाकको जोहो गर्न हम्मे परेका महिलाहरू लाजले अनुहार लुकाउँछन्, किनकि उनीहरू तीजमा खुलेर रम्न लायक देखिँदैनन्रु। माईती र चेलीको मिलनको रुपमा चाडलाई मानिनुपर्ने हो, तर बढ्दो तडकभडकले उनै चेलीहरुको आत्मबल र दिदी बहिनीबीचको एकतामा तिक्तता बढाइरहेको अनुभूति हुन्छ, त्यही चाडले सामाजिक वर्गीय दूरी अझ गहिरो बनाइरहेको देखिन्छरु।
तीज अब व्यक्तिगत अस्तित्वभन्दा पनि सामाजिक दबाबको विषय बनेको छरु। तीजमा के लगाउने ? कति महँगो साडी लगाउने ? दरका नाममा के के खाने ? कुन सेलिब्रेटीको कार्यक्रममा नाच्ने ? अरुहरुको भड्किलो तडकभडक भरिएको फुर्तिमाझ आफू निरीह बनिनेपो हो की जस्ता कयौ प्रश्नहरूमा उनै नारीहरु भित्रभित्रै गुम्सिनु परेको तीतो यथार्थ हामी माझ छचल्किएको छ ।
पछिल्लो समय चाडलाई अनुभव र मिलनको हार्दिकता होइन, प्रदर्शनमा सीमित गरिदिएको छरु। धर्म र सदभाव भन्दा बढी फेशन देखिन्छ, भक्ति भन्दा बढी ब्राण्ड बोल्छरु। यी सबैले गरिब महिलालाई चाड होइन, अपमानको भान गराइरहेको प्रष्ट देखिन्छरु। यसकाविचपनि उनीहरू सहकारी र छिमेकीसँग महँगो ब्याजमा ऋण लिएर, पैसा खोज्दै, आफ्नो इज्जत र आत्मसम्मान किन्न बाद्य छन् । एउटा कृत्रिम मुस्कानसहित दर खान जाने नाममारुभित्र कुँडिएको मनलाई बाहिर जबरजस्त हँसाउनु परेको छ ।
यस्ता विषयहरुले हामी कता जाँदैछौं, हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्नचिन्ह गहकिलो गरी प्रश्नचिन्हको रुपमा देखापरेको छ । के चाड भन्ने शब्दको अर्थ अब खर्च गर्न सक्नेलाई मात्र लागू हुन्छ ? के गरिब महिलाको घरमा तीज आउनु पर्दैन ? के उनीहरूले श्रृङ्गार नगर्दा, गहना नलगाउँदा, पार्टीमा नाच्न नजाँदा उनीहरूको स्त्रीत्व अधुरो हुन्छ ? समाजले यिनै कुरामा उत्तर दिनुपर्ने बेला आएको छरु। तीजको नाममा भइरहेको यो ‘सांस्कृतिक उपनिवेशीकरण’ अबका सचेत नारीलाई सहन नहुनुपर्ने होरु।
तीज पुरातन सोच र चिन्तनको विरुद्ध परिवर्तन ल्यायाउने वा समाजको परिवर्तन खोज्ने क्रान्तिको चाडको रुपमा विकसित हुँदै अन्धविश्वास तोड्ने माध्यम हुनुपथ्र्यो । महिला मुक्ति र आत्मचेतनाको चाडको रुपमा विकास हुनुपर्ने थियो । त्यो चाड जसले परम्परालाई आधुनिकतासँग समाहित गरेर विवेकपूर्ण दृष्टिकोण दिनुपथ्र्योरु। तर आजको तीज, उल्टै आत्महीनताको कारक बनिरहेको छरु।
अब समय आएको छ, परिवर्तनका पक्षमा आवाज उठाउने र आफूलाई क्रान्तिकारी महिला भन्नेहरुले तीजलाई पुनः द्रष्टव्य बनाउनेरु। हाम्रा चाडहरु केवल परम्परा धान्ने विषय होइनन्, एक सांस्कृतिक आन्दोलनको सवाल पनि होरु। यस्तो आन्दोलन, जसले तीजलाई फेरि सबै वर्गका महिलाको चाड बनाउन सकोस् । जसले खर्च होइन चेतना बाँड्न सकोस् । जसले नचाउनेमात्र होइन दविएर बस्न बाद्य नारीहरुलाई समानतामा उठाउने काम गर्न सकोस्रु। तीजमा बेहोस हुनेगरी खाएर मातेर लठ हुने दर होइन विचार बाँड्न सकोस्, नारीहरुमा श्रृङ्गारको प्रतिष्पर्धा होइन आत्मबलको समानता देखियोस् । तीजले हाम्रा दिदीबहिनीहरूको मुहारमा ‘कृत्रिम मुस्कान’ होइन, वास्तविक सन्तोष ल्याओस्रु।
यदि तीजलाई हामीले यस्तै भड्किलो बनाउँदै लग्यौं भने त्यो दिन टाढा छैन, जब चाड आफैं एक बोझ बन्न पुग्नेछरु। त्यसैले अहिले नै घच्घच्याउने बेला होरु। तीज, अब केवल रमाइलोको नाममा खर्च गरिने चाड होइन, यो महिला चेतना, सादगी, सामाजिक समानता र सांस्कृतिक पुनर्जागरणको आन्दोलन बन्नुपर्छरु।
पछिल्लो समय नागरिक समाजमा एक गम्भीर प्रश्न उठ्न थालेको छ, के ती क्रान्तिकारी महिलाहरू पनि तीज, दशैं, तिहार जस्ता पर्वहरूमा बढ्दो भड्किलो प्रदर्शन र सांस्कृतिक विसंगतिहरूको प्रभावबाट अछुतो रहन सकेका छन् ? क्रान्तिकारी महिलाहरुमा त समाजलाई एकताबद्ध गर्ने, सामूहिक पहिचान निर्माण गर्ने र सकारात्मक ऊर्जा दिने अवसर हुनुपर्ने हो । तर ती अवसरहरू अहिले उपभोगतावाद, देखावटी, र अनावश्यक खर्चमा सीमित हुन थालेका छन् ।
अब सवाल परिवर्तनको मात्रै बाँकी छ । समाजमा भएका असमानता, अन्याय र शोषणका विरुद्ध आवाज उठाउने महिलाहरूलाई हामीले परिवर्तनका संवाहक वा “क्रान्तिकारी“को रूपमा चिन्ने गरेका छौं । ती महिलाहरूले पितृसत्ताको जरा हल्लाउने हिम्मत देखाउन सक्ने कि पुरानै ढोगीं, परम्परागत लिङ्गभेदमा समर्पण गरेर सती जाने ? प्रश्न यो हो ।
हिजो वर्गीय आन्दोलनको नेतृत्व गरेर मुलुक परिवर्तनको पक्षमा उभिएका महिलाहरु आज त्यही वर्गका केही महिलाहरू चुप लाग्न थालेका छन्, आज, उनीहरू आफैं त्यो भड्किलो उपभोगमा रमाउन थालेका देखिन्छन् । यो देख्दा नागरिकहरूमा अब परिवर्तनको आशा मरेको हो कि भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।
क्रान्तिकारी हुनु भनेको चाडपर्व मनाउनु हुँदैन भन्ने होइन, तर त्यो चाडपर्वको भित्रि अर्थ र आफ्नो भूमिकामा चेतनशील हुनु अत्यावश्यक र महत्वको सवाल हो । क्रान्तिकारी महिलाहरूले पर्वहरूलाई आफ्नो चेतना विस्तार गर्ने माध्यम बनाउन सक्नुपर्छ । तीजमा गीतमार्फत महिलाका समस्या उठाउने, दशैंमा बलिका हिंसाको विरोध गर्ने, तिहारमा लैङ्गिक असमानताविरुद्ध आवाज उठाउने कार्यहरू हुनसक्छन् । परिवर्तन भनेको त्याग होइन, पुर्नसंरचना हो । पुर्नसंरचनामा क्रान्तिकारी महिलाहरुको भूमिका देखिदैन । यसैल क्रान्तिकारी महिलाहरूले फेरि आफैंभित्रको नेतृत्व क्षमतालाई पुनर्जागृत गर्नु अहिले आवश्यकता खड्किएको देखिन्छ । अब,साँस्कृतिक पर्वहरूको पुनःसमीक्षा र पुनःपरिकल्पना आवश्यक छ ।

Author

You may also like