ओमप्रकाश गौतम
न उज्यालो
न सहयोग
न मल्हमपट्टि
न वचन
न प्रतिवद्दता
न कुनै आर्थिक सहयोग
सबै अधुरा र अपुरा भएर गए
रुकुम अनि जाजरकोटका झुपडीहरु
आसैआसमा बाँचेका विपनाहरु
सबै चकनाचुर भएर गए
भूकम्पबाट क्षत विक्षत भएर
उजाडिए यसपालीका पर्वहरु ।
कति निष्ठूर
निर्दयी प्रकोप
बुवा, आमा, दाजुभाइ, दिदीबहिनी
चुँड्यो यही पर्वमा
न रातमा नीद न दिनमा भोकसङ्गै
सारा आशाहरु दुःख बनेर आए
राहतका पोकाहरुमा राजनीति रुप रङ्गियो
सेल्फी र फोटा खिच्नेहरु लामबद्द भए
त्यही झुपडीभित्र बस्नेहरु
अलापबिलाप गर्दै रोइरहे
टीका मुछ्ने र जमरा राख्ने ठाउँ मेटियो
अनि नफुल्दै ओइलाए मखमली र गोदावरी
आँगनमा झिलिमिली बत्ती बल्न मानेन
भैली र देउशीरे गीत गुञ्जिएन
न मादल, न बाँसुरी
न बिनायो, न मुर्चुङ्गा
केही बजेन
मालश्री पनि हरायो
कति निर्दयी रहेछ
शान्तिका वाहक परेवाहरु उडन सकेनन्
भागवण्डा
चाकरी
जी हजुरी
सट्टेवाजी
विगतका काण्डै – काण्ड
हिजोआज सेलाउदै गए
यता ऋणीहरु अलापबिलापमा छन्
सत्ता बार्गेनिङ्गगर्नेहरु लुछाचुँडीमा ब्यस्त छन् ।
omgautam497@gmail.com
-कमल, झापा