Banner फिल्मी खबर मनोरञ्जन

‘उफ यो मन’लाई ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौं, २ मंसिर

अमेरिका बोस्टन निवासी साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको नेपाली कथानक चलचित्र ‘उफ यो मन’ ले सेन्सर पास भइ युनिभर्सस सर्टिफिकेट प्राप्त गरेको छ ।
सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।
उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन् ।
चलचित्रलाई पहिले अमेरिकाबाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने शाह बताउछिन् ।
अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको चलचित्रलाई सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरी, दिपक क्षेत्री, पुकार गुरुङ सहितको अभिनय रहेको छ ।

You may also like