खेल मुख्य

रंगशाला निर्माणमा सम्झौता

दमक, १७ माघ। झापाको कमल गाउँपालिका ५ गेउरियामा निर्माणाधिन आदिवासी रंगशालाको निर्माणका लागि मंगलवार राष्ट्रिय खेलकुद परिषद्संग पालिकाले सम्झौता गरेको छ ।
पालिका अध्यक्ष हुकुमसिंह राईले परिषदसँगको संझौता अनुसार यहि माघ १८ गतेदेखि रंगशालाको निर्माण शुरु भई आगामी असार २ गते आयोजना सम्पन्न हुने उल्लेख भएको जनाएका छन् । नामको विवादले समेत रंगशालाको निर्माण कार्य अवरोध वन्दै आएको थियो ।

You may also like