दमक, १७ माघ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुई /दुई वर्षमा विभिन्न क्षेत्रमा सक्रिय रहेका नारीहरुलाई प्रदान गर्दै आएको अनेसास नवरत्न पुरस्कारले यस वर्ष प्रदान भएको छ ।
कुनै पनि देश/क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित भएर कार्य गरि रहेका नारीहरुलाई सम्मान गर्ने क्रममा यो बर्ष २०२३ को पुरस्कार ‘जुम मिटिङ’मार्फत ९ नारीलाई प्रदान भएको छ । नगद २ सय ५० अमेरिकी डलर सहित सम्मानपत्रले विभूषित हुने नारीहरुमा दमक घर भई अमेरिकास्थित अनेसास कोलोराडो च्याप्टरकी भूतपूर्व अध्यक्ष आचार्य प्रभा सहित रहेका छन् । बोष्टनकी गीतकार अनु शाह, क्यालीफोर्नियाकी साहित्यकार रीतादेवी प्रधान, न्युयोर्ककी ज्योति राई, न्युजर्सीकी शान्ता अधिकारी, बेलायतबाट माया गुरुङ, युरोपबाट डा. संगीता स्वेच्छा, समाज सेवातर्फ वासिंटन डिसीबाट मञ्जु कार्की संग्रौला र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सो पुरस्कारबाट सम्मानित भएका हुन् । पुरष्कृत भएका छन् । अनेसास बिशुद्ध साहित्यिक संस्था भए पनि हरेक क्षेत्रमा समर्पित नारीहरुको कदर गर्दै साहित्य बाहेक अन्य क्षेत्रमा काम गरी रहेका नारीहरुलाई थप उर्जा प्रदान गर्न अनेसास नवरत्न (९ जनाका लागि ) पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो । भूतपूर्व केन्द्रीय अध्यक्ष गीता खत्रीको अगुवाईमा यसखाले पुरस्कारको सुरुवात भएको थियो ।
यसपटकको नवरत्न पुरस्कार कार्यक्रम भनें विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थितिमा ‘जुम मिटिङ’ जुम मार्फत सम्पन्न गरिएको थियो । अनेसास केन्द्रीय कार्य समिति अध्यक्ष गोवद्र्धन पूजा, केन्द्रकी महासचिव विमला निरौला, पुरस्कार छनौट समितीकी संयोजक केन्द्रकी सदस्य तारा अधिकारी र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकारले सम्मानपत्रमा हस्ताक्षर गरेका छन् ।
पुरस्कृत नारीहरुले अनेसास नवरत्न पुरस्कारले आफूहरुलाई आ-आफ्नो क्षेत्रमा अझ निरन्तर काम गर्न थप उर्जा दिएको बताएका थिए ।
आचार्य प्रभाको पुरस्कार क्यान्सरपीडितलाई
साहित्यकार आचार्य प्रभाले भने आफूले पुरस्कार स्वरूप प्राप्त गरेको ४२५ डलर मिर्गौला पीडित नेपालका हरि मानन्धर (नेपाल ) का साथै साहित्यसेवीहरु क्यान्सर रोगले पीडित कल्पना अधिकारी र सिन्धुपाल्चोकका अपाङ्गताको समस्या खेपिरहेका विनोद श्रेष्ठलाई प्रदान गर्ने निणर्य गरेको बताइन् । श्रेष्ठलाई ह्वील चियर किन्नकालागि प्रभाले सहयोग पुर्याउने भएकी छन् ।

Author

You may also like