८ जेठ, दमक। दमक ५ स्थित सानो प्रयास युवा समाजले दमक २, भालुखुडीस्थित सरस्वती आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई कापीकलम सहित विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।
दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यतामा संस्थाको सामाजिक कार्य अन्तर्गत विद्यार्थीलाई कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले बताए । ती सामग्रीहरु दमक ५ कि जनप्रतिनिधि शोभा खतिवडाका साथै डा. मनोज शाह, ओम शान्ति डेन्टलका संचालक कमल गैरे तथा संस्थाका पदाधिकारी र विद्यालयका प्रधानआध्यापक लगायतले हस्तान्तरण गरेका थिए ।
समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने काम गरेको सचिव वालचन्द्र कार्कीले स्मरण गराए । साथै संस्थाले हरेक महिना कार्यक्रम गर्ने उद्देश्य सहित यस अघि दमक ९ मा आर्थिक रुपले अति विपन्न परिवारलाई झुल तथा शैक्षिक सामग्री वितरण साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।