शिक्षा

देशमै नमुना : हिमाविको योजना

विद्यालयीय शिक्षामा सामुदायिक विद्यालय भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउँछन् । एकातिर सामुदायिकको तुलनामा निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने आम धारणा बनेको देखिन्छ भने अर्कोतिर कतिपय सामुदायिक विद्यालय भर्ना अभियान चलाउँदासमेत विद्यार्थी नभएर अप्ठेरोमा छन् । तर, दमक २ स्थित हिमावि भनेर धेरैले चिन्ने हिमालय माध्यमिक विद्यालयले भने विद्यार्थी सङ्ख्यामा होस् चाहे शैक्षिक गुणस्तरका हकमा, सामुदायिक विद्यालयप्रतिको त्यो नकारात्मक आम धारणालाई तोडिदिएको छ । परिणामतः कोशी प्रदेशकै अब्बल विद्यालयका रूपमा हिमावि चर्चित र नमुना विद्यालय बनेको छ ।
न त हिमाविले भर्ना अभियान चलाउनु पर्छ न त गुणस्तरमा सम्झौता गरेको छ । विद्यालयलाई प्रत्येक वर्ष विद्यार्थीको चाप व्यवस्थापन गर्न सकस नै पर्छ । यहाँ भर्ना हुन आउने छात्रछात्राले एलकेजीदेखि कक्षा ९ सम्म प्रवेश परीक्षा दिने गर्छन् । निजी बोर्डिङ स्कुल (संस्थागत विद्यालय) छाडेर भर्ना हुन आउने विद्यार्थीको लर्को नै लाग्ने गर्दछ । यसबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिएमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण बनेको छ हिमावि । कम्प्युटर शिक्षा सुरु गरे पश्चात अब निजीले झैँ अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेसँगै हिमाविको ‘क्रेज’ क्रमशः बढेको हो ।
यहाँ झापा, मोरङबाट मात्र होइन कोशी प्रदेशका पहाडी जिल्ला, इलाम र पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ्ग, उदयपुरबाट समेत विद्यार्थीहरू आएका छन् । चालु २०८१ को शैक्षिक सत्रका लागि मात्र सात सय ५३ जना विद्यार्थीले नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तर सम्बन्धित सरकारी निकायहरूले होस्टेमा हैँसे नगर्दा भवन र अन्य भौतिक पूर्वाधारको अभावमा प्रवेश परीक्षामा उत्तीर्ण भएर पनि तीन सयभन्दा बढी विद्यार्थी भर्ना लिन सक्ने अवस्था नरहेको गुनासो र बाध्यता उहाँले एकसाथ पोख्नु भयो । नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्म शिक्षा निःशुल्कको व्यवस्थाको घोषणा गरेको तर त्यसो गर्दा दरबन्दी थप नगर्ने, विद्यालयको स्तरोन्नति तथा मर्मत संभारका लािग खर्च पनि नदिने, विद्युत तथा खानेपानीको महसुलको पनि रकम नदिने आदि कारणले विद्यालयलाई सुसम्पन्न नबनाए विद्यार्थीको आकर्षण पनि नहुने र अन्य प्रशासनिक खर्च व्यवस्थापन गर्न पनि कुनै तहको सरकारले नदिने भएकाले विद्यालयले अविभावकहरुसँग केही सहयोग लिनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । अविभावहरुले पूर्ण रुपमा स्वीकार गरी सानो रकम विद्यालयलाई सहयोग स्वरुप दिने गर्नु भएको छ र त्यही अविभावक सयोगले यो विद्यालय यो अवस्थामा आइपुगेको छ । प्राइभेट विद्यालयहरुले थोरै भनेको वार्षिक पचास हजार प्रति विद्यार्थी शुल्क लिएर विद्यालय सञ्चालन गरेको अवस्थामा यस विद्यालयले सुविधा सम्पन्न इन्फ्रास्टक्चरमा शुल्क नै नलिई थोरै सहयोगमा संस्थागत विद्यालय भन्दा अति स्तरीय शिक्षा हिमालय माधयमिक विद्यालयले दिइरहेको कुरा विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठको स्पष्टोक्ति छ । नगरपालिकाले पाँच कक्षासम्म पूर्ण निःशुल्क गर्नु पर्ने भनेर परिपत्र गरेको तर त्यसो गर्दा दरबन्दी र अन्य प्रशासनिक खर्च व्यवस्थापन र संस्थागत विद्यालय भन्दा हरेक कुरामा राम्रो भएको विद्यालय तल पर्ने निश्चित प्राय छ जसले गर्दा अविभावकले राजीखुशीका साथ दिने सहयोग बिना यो स्टाण्डरमा यति नै संख्यामा विद्यार्थीलाई सेवा दिन नसकिने उहाँको स्पष्टोक्ति छ । नगरपालिकाले नेपालको संविधानमा उल्लेखित निःशुल्कको कुरालाई पूर्ण गर्न विद्यालयलाई अविभावकहरुले दिने गरेको सहयोग प्रति विद्यार्थी कति सहयोग विद्यालयलाई अविभावकले दिने गरेका छन् उक्त रकम एकमुष्ठ विद्यालयको खातामा शैक्षिक सत्रको सुरुमा नगरपालिकाले दिए, जुन जुन वर्ष पालिकाले दिन्छ उक्त वर्षहरुमा सहयोग फिर्ता पनि गर्न सकिन्छ । बोलेको भरमा काम गर्दा भोलिका दिनमा भएन भने विद्यालय तहसनहस हुने हुन्छ । दमक नगरपालिकामार्फत सङ्घीय सरकारले भवन निर्माणका लागि प्रदान गरेको एक करोड बजेटको हालसम्म काम अघि बढ्न नसकेको उहाँको गुनासो छ । ‘अघिल्लो वर्ष त यस्तै खाले ढिलासुस्तीले ५ करोड मध्ये केही काम भयो र बाँकी बजेटै फर्किन पुगेको थियो,’ प्रधानाध्यपक श्रेष्ठले भन्नुभयो, ‘समयमै भवन बनाउन पाए भर्ना हुन आउने विपन्न लगायत सबै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने थिए, रित्तै फर्किनु पर्ने थिएन ।’ हिजोका दिनमा हिमाविमा आएको ५ करोड बजेट नगरपालिकाका कारण फ्रिज हुन पुगेको तितो दुःख सुनाउदै यस वर्षमा आएको १ करोड रकम पनि ठेकेदारलाई काम लगाउन नसक्दा र ठेकेदारले काम नगर्दा पनि कार्वाही गर्न नसक्दा उक्त रकम पनि फ्रिज जाने सम्भावना देखिन्छ । सम्बद्ध सम्पूर्ण व्यक्ति, संस्था तथा राजनीतिक दलहरुसँग सो रकम फ्रिज हुनबाट जोगाएर विद्यालयको भवन बनाउन सहयोग गर्न पनि प्र.अ. श्रेष्ठको अपिल छ ।
‘ दमक नगरपालिकाले नगर क्षेत्रमा १५ जना शिक्षकको व्यवस्थापन गर्ने भनेको छ,’ प्रअ श्रेष्ठले थप्नुभयो, ‘जब कि हाम्रै विद्यालयमा मात्रै त्यति सबै दरबन्दीले पनि पुग्ने अवस्था छैन ।’ अतिरिक्त क्रियाकलाप, कार्यालय सञ्चालन सहितको लाखौँ खर्चको व्यवस्थापन त झन अर्काे पाटो छ । त्यसैले भर्नाको समयमा सहयोग स्वरूपको केही रकम लिनुपरेको बाध्यता उहाँले सुनाउनु भयो । सानो रकम तिर्दा संस्थागत विद्यालय भन्दा गुणस्तरीय शिक्षा आप्mना नानीहरुले प्राप्त गरिरहेका छन् नत्र प्राइभेट विद्यालयमा चर्को शुल्क तिर्नु पर्ने कुरा अभिभावक स्वीकार्नु हुन्छ । अविभावकको यो सहयोगकै बलले निजी स्रोतबाट शिक्षक कर्मचारी व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिन हिमावि सफल भएको प्र.अ. श्रेष्ठको भनाइ छ । 

विद्यालयको शैक्षिक अवस्था
२०७० सालबाट नमुना विद्यालयको कार्यक्रममा समावेश भएर ०७४ देखि नमुना अनुदान पाउन सुरु गरेको हिमावि दमकका २१ सामुदायिक विद्यालयमध्ये पहिलो नमुना हो । वि.सं. २०१२ सालमा स्थापित यस विद्यालयमा पछिल्ला हरेक वर्ष विद्यार्थी सङ्ख्या बढिरहेको छ । ०७६ मा दुई हजार छ सय, ०७८ मा तीन हजार एक सय ४७ र ०८० मा ३ हजार ४ सय ४५ विद्यार्थी सङ्ख्या पुगेको छ । कक्षा १२ सम्मको पढाइ हुँदै आएको विद्यालयमा कक्षा १० सम्मका स्थायी शिक्षक दरबन्दीको सङ्ख्या ३१ रहेको छ भने निजी स्रोतबाट त्योभन्दा बढी ३६ जना शिक्षक राखिएको छ । कर्मचारीको १६ दरबन्दी र १५ निजी स्रोतमा छन् । साविक ‘प्लस टु’ मा सात दरबन्दी रहेको र ४६ जना निजी स्रोतका शिक्षक र सात कर्मचारी थपेर राखिएको छ । सरकारी तलब आउनेमा करार शिक्षक पाँच, राहत शिक्षक दुई, बाल शिक्षाका तीन र विद्यालय नर्स एकजना रहेको अवस्था छ । 
२०२४ सालबाट एसएलसी सुरु गरेको सो विद्यालय खुला एसएलसी योजना सुरु भएदेखि नै खुला एसईईको अध्ययनको थलो समेत बनेको छ हिमावि । यहाँ प्लस टु (कक्षा ११ र १२ तर्पm) मा विज्ञान, कम्प्युटर इन्जिनियरिङ, शिक्षा, मानविकी, व्यवस्थापन समूहको पढाइ हुँदै आएको छ । छिमेकी र पहाडी जिल्लाबाट मात्र होइन, यस विद्यालयमा यहाँ छिमेकी पालिकाहरू गौरीगञ्ज, गौरादह, कमल, शिवसत्ताक्षी उर्लाबारी, मिक्लाजुङ लगायतबाट समेत विद्यार्थी आउने गरेका छन् ।
अङ्ग्रेजी शिक्षा र विद्यालयका शिक्षकले पनि आप्mना सन्तानलाई यही विद्यालयमा पढाएका कारण अभिभावकमा विश्वास बढेको छ । ०६२ सालबाट कम्प्युटर शिक्षा सुरु भएदेखि यस विद्यालयले आधुनिक शिक्षामा प्रवेश गरेको थियो र विद्यालय आकर्षणको केन्द्र बन्न सूरु गरेको थियो । ०६५ बाटै अङ्ग्रेजी माध्यमबाट पढाइ पनि सुरु गरेर शिक्षक कर्मचारीका छोराछोरीहरु पनि आपूmले अध्यापन गर्ने विद्यालयमा ल्याउन थालेपछि बिस्तारै हिमावि यस क्षेत्रकै छात्रछात्राको रोजाइमा पर्न थालेको हो । विद्यालयले समयको मागसँगै कक्षा ९, १०, ११ र १२ मा प्राविधिक विषयको रूपमा कम्प्युटर इन्जिनियरिङसमेत पढाउँदै आएको छ ।

विद्यालयको भौतिक अवस्था
आफ्नै स्रोत र साधनलाई परिचालन तथा सदुपयोग गरेर अब्बल विद्यालय भनी चर्चा कमाइसकेको यो विद्यालयको ५ विगाहा, ३ कठ्ठा १० धुर जमिन रहेको छ । अहिले सातवटा तीनतले, पाँच तले भवनमा रहेको ५२ वटा कक्षा कोठामध्ये ४६ वटामा पढाइ भइरहेको छ । भवन अपुग भएपछि पुरानो जीर्ण रहेको कक्षा कोठामा पनि पढाउनुपर्ने बाध्यता छ । अघिल्लो पटक भवन बनाउन पाँच करोड रुपैयाँ बजेट आएको थियोरु। त्यसले दुई तला (८ कोठा) थप गरेको प्र.अ. श्रेष्ठले जानकारी दिनुभयो । सरकारी निकायबाट पर्याप्त बजेट प्राप्त नहुँदा र आएको रकम पनि नगरपालिकाले काम नगरी दिएर रकम फिर्ता जाने कारण, विद्यालय सञ्चालन खर्च नदिने, मर्मत संभारको खर्च नआउने, स्तरोन्नति गर्न कुनै रकम नदिने तर विद्यालय भौतिक रुपमा सुविधा सम्पन्न नभए विद्यार्थी अध्ययन गर्न नआउने भएकाले विद्यालयलाई सुविधा सम्पन्न बनाउनु पर्ने आदि जस्ता कारणले विद्यालयले अभिभावकबाट सहयोगको रूपमा केही रकम लिने गरेको प्रधानाध्यापकको स्वीकारोक्ति छ । विद्यालयले अविभावकहरुबाट लिएको सहयोग बराबरको रकम विद्यालयलाई उपलब्ध गराए अविभावकले दिएको सहयोग फिर्ता गर्न सकिन्छ । भवन निर्माणका लागि यस वर्षको साउन महिनामा रु. एक करोड रकम आएको तर अहिलेसम्म न त ठेकेदारलाई काम लगाइएको छ न त त्यो रकम विद्यालयलाई दिएर काम गर्ने मौका दिएको छ, यस पटकको उक्त रकम पनि फ्रिज जाने सम्भावना भएकाले सम्बद्ध सबैमा त्यस्तो हुनबाट जोगाउन न.पा.सँग पहल गरी दिन प्र.अ. श्रेष्ठको अपिल पनि छ । कुनै बेला आगलागीको चपेटामा पर्दै, अर्काको गाईगोठमा सञ्चालन हुँदै, बसाइँ सर्दै आउँदा हाल दमक २ र १ मा हिमाविले विशाल रूप ग्रहण गरेको छ । विद्यालयलाई आर्थिक रुपमा सवल बनाउन पसल कवलहरु थप गर्ने र अन्य सम्भावित क्षेत्रमा भौतिक विकासका लागि योजना बनाई कार्य गर्ने पनि लक्ष्य रहेको प्र.अ. श्रेष्ठ बताउछन् ।

अतिरिक्त क्रियाकलाप
यस विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले खेदकुद, मनोरञ्जन, नृत्य तथा गायन, साहित्य, हाजिरीजवाफ लगायतका अतिरिक्त क्रियाकलाप पनि गराउँदै आएको छ । निश्चित बजेट नै विनियोजन गरेर ०७९ देखि ‘हिमालय आइडल डान्सिङ एन्ड सिङ्गिङ’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम बर्सेनि चलाउने योजना रहेको छ । यस प्रतियोगिताले मनोरञ्जनका साथै विद्यार्थीमा भएको कला प्रतियोगितामार्फत प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको छ । खेलतर्फ फुटबल, भलिबल, एथ्लेटिक्स जस्ता खेलहरूमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म सहभागी हुने मौका यस विद्यालयका विद्यार्थीहरुले पाइसकेका छन् । नेपालले व्रिmकेटमा राम्रो प्रगति गरिरहेकाले यस खेललाई पनि यस वर्षबाट अभ्यासक लागि सुरुवात गर्ने मौका विद्यार्थीहरुलाई प्रदान गर्ने लक्ष्य लिएको कुरा विद्यालयका प्र.अ. श्रेष्ठ बताउछन् ।

पुरस्कार तथा प्रोत्साहन
हिमालय माध्यमिक विद्यालयले प्रत्येक वर्ष एस.इ.इ र कक्षा १२ मा उत्कृष्ट नतिजा
(फोर जीपीए) ल्याउने विद्यार्थीलाई ५० हजार बराबरको पुरस्कार प्रदान गर्दै आएको छ । कक्षामा प्रथम, द्वितीय र तृतीय हुने सबै विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार प्रदान गर्ने गरेको छ । यस विद्यालयले प्रत्येक वर्ष हिमालय आइडल विजेता विद्यार्थीलाई फ्रिसिप(छात्रवृत्ति)को साथै आकर्षक पुरस्कार वितरण गर्दै आएको छ । त्यसैगरी खेलकुदतर्फ उत्कृष्ट हुने विद्यार्थीलाई स्तरीय पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी विद्यालयले शिक्षकहरूलाई हौसलास्वरूप ‘ह्याप्पी टिचर्स अवार्ड’को समेत व्यवस्था गरेको छ । आकर्षण गरेर पढ्ने वातावरण सिर्जना गर्न अरु धेरै विधाहरुमा पुरस्कार दिने गरेको छ । हरेक क्षेत्रमा विद्यालयले विद्यार्थीहरुलाई अवसर दिने गरेकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद लगायतका यस क्षेत्रका विभिन्न खेलहरु जित्ने गर्दछ ।

पछिल्ला दुई वर्षमा के के काम भए ?

¨ वार्षिक कार्यतालिका बनाई कार्यान्वयन,
¨ नियमित रूपले विद्यालयको वार्षिक कार्यक्रम आयोजना,
¨ खरिद तथा निर्माणसम्बन्धी काम पारदर्शी ढङ्गले उपसमितिबाट गराइएको,
¨ आर्थिक प्रतिवेदन मासिकरूपमा तयार गरिएको,
¨ अतिरिक्त क्रियाकलाप सम्पन्न गर्न १३ ओटा समिति निर्माण,
¨ इन्टरएक्टिभ प्यानल बोर्डको व्यवस्था,
¨ प्राङ्गणमा ग्राफसम्बन्धी सिकाइमा उपयोगी हुने गरी इटरलक बिछ्याइएको,
¨ सुविधासम्पन्न अडिटरियम हलको निर्माण,
¨ कक्षा व्यवस्थापन समिति बनाई विद्यार्थीलाई अनुशासित बन्न प्रेरित गरिएको,
¨ अतिरिक्त, विशेष र उपचारात्मक कक्षा सञ्चालन गरिएको,
¨ फिल्टर जडान गरी शु्द्ध पिउने पानीको व्यवस्था गरिएको,
¨ अतिरिक्त क्रियाकलापमा लगानी बढाई अधिकतम उपलब्धि हासिल गरिएको,
¨ एसईई दिई बसेका विद्यार्थीका लागि निःशुल्क ब्रिज कोर्स कक्षा सञ्चालन,
¨ सरसफाइमा विशेष ध्यान दिँदै ‘डस्ट फ्री’ विद्यालयमा जोड,
¨ चमेनागृह (क्यान्टिन) थप गरी खानपिनलाई व्यवस्थित गरिएको,
¨ शिक्षकको तलब २८ गते नै भुक्तानी गर्न थालिएको,
¨ तहगत संयोजकको व्यवस्था गरी सुशासनमा वृद्धि गरिएको,
¨ आर्थिक अनियमितता हटाई पारदर्शिता कायम गरिएको,
¨ विद्यार्थी तथा शिक्षकलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था,
¨ साविक शौचालयको सुधार र नयाँ शौचालयको निर्माण,
¨ फुलबारी र बगैँचाको व्यवस्था,
¨ सुविधा सम्पन्न स्टाफ कक्षको व्यवस्था गरिएको,
¨ कक्षा कोठाको स्तरोन्नति गरिएको ।
¨ अस्थायी करार शिक्षकहरुका लागि सञ्चयकोषको व्यवस्था ।

सारांशमा विद्यालयका भावी योजना

  • शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्ने ।
  • विद्यार्थीको चापलाई समेट्ने गरी भवन र कक्षाकोठा थप गर्ने ।
  • विद्यार्थीका अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिने ।
  • शिक्षण विधि र प्रविधिको विकाससँगै हरेक कक्षामा इन्टरयाक्टिभ प्यानल बोर्ड थप गर्दै पु¥याउने ।
  • प्रविधिमा विकास गर्न शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
  • खेलमैदानलाई विस्तार गरी सुविधा सम्पन्न बनाउने साथै क्रिकेट खेलको लागि पिच ढलान तयार गर्ने ।
  • बाटो उत्तर रहेको जग्गालाई सीमाङ्कन गरी घेराबारा गर्ने ।
  • विद्यार्थीको लागि छात्रवास र शिक्षकका लागि क्वाटरको व्यवस्था गर्ने ।
  • ‘एक विद्यालय एक उद्यम’ का लागि कक्षा ६ र ७ को एलईडी बल्ब मर्मत र उत्पादन गर्ने ।
  • ‘शीतल’ विद्यालयको नारासहित भवनभित्र पङ्खा र बाहिर फलफूल लगाएर हरियाली र मनमोहक बगैँचा बनाउने कुरा थप कार्य गर्ने ।
  • व्यवस्थित शौचालय र फिल्टर गरिएको पिउने पानीको ब्यवस्था गरिँदै आएको भए पनि यसलाई अझै व्यवस्थित गरी थप गर्ने ।
  • शैक्षिक गुणस्तर कायम गर्न अतिरिक्त कक्षा, विशेष कक्षा र उपचारात्मक कक्षाको लागि थप लगानी गर्ने ।
  • बाटोे तर्पmको साइडमा पसल कवल बनाउने ।

अध्यक्ष भएका नाताले विद्यालयलाई कसरी लिनुभएको छ ?
– हिमावि विद्यार्थी र अभिभावकको आकर्षणको थलो हो, यो विद्यालय आफैँमा नमुना विद्यालय पनि हो । यहाँ गुणस्तरीय शिक्षाको कारण दक्ष विद्यार्थी उत्पादन गर्न सफल हुँदै आएको छ ।
पहिले कस्तो थियो र तपार्इँ अध्यक्ष भएपछि के सुधार आएको छ ?
– म पहिले पनि समिति सदस्य भएर सेवा गरेको थिएँ । बिचमा दमक नगरको मेयर हुँदा पनि विद्यालयलाई नजिकबाट हेरेको हुँ । अहिले अध्यक्ष भएर आएपछि बन्द भएको विद्यालयको प्रशासनिक र लेखा शाखा खोलेर लयमा फर्काएको हो । लेखा परीक्षण ३ वर्षदेखि भएको थिएन, अहिले लेखा परीक्षण नियमित गरिएको छ । निर्माणका काम रोकिएका थिए । अहिले निर्माण कार्यका योजना धेरैजसो सम्पन्न भएका छन्, केही धमाधम भइरहेका पनि छन् ।
अब के गर्ने योजना छ ?
– अब आन्तरिक सुधार प्रणालीलाई व्यवस्थित गरिन्छ । शैक्षिक गुणस्तर बृद्धिका लागि विशेष कार्यक्रम विद्यालय विकास प्रस्ताव मार्पmत पेश भएका कुराहरुलाई लागु गरिने छ । विद्यालयको जग्गालाई व्यवस्थित गर्ने र भौतिक संरचनालाई प्रविधिमैत्री बनाएर अघि बढ्ने, जमिनलाई व्यवस्थित बनाउँदै आय आर्जनको स्रोतको रूपमा विकास गर्ने योजना छ । विद्यार्थी भविष्यका कर्णधार भएकाले दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा जोड दिइने छ ।
व्यवस्थापन समितिको अध्यक्षको नाताले अभिभावकलाई कस्तो सुझाव दिनुहुन्छ ?
– अभिभावकले विद्यालय प्रशासन र आफ्ना विद्यार्थीलाई नजिकबाट चासो गर्नुपर्छ । स्कुलमा मात्रै पढेका भरले हुँदैन, घरमा पनि पढ्ने वातावरण मिलाएर निगरानी गर्नुपर्छ । विद्यालय यो अवस्थामा ल्याउन अभिभावकको पनि उत्तिकैै दायित्व र जिम्मेवारी छ । भौतिक संरचनाको रेखदेख र संरक्षण गर्ने जिम्मा पनि अभिभावकको हो ।
शिक्षक, कर्मचारी र विद्यार्थीलाई उत्प्रेरणा दिनेबारे केही सोच्नु भएको छ ?
– हामीले शिक्षकका लागि ‘हेप्पी टिचर अवार्ड’ लागू गरेका छौँ । विभिन्न विषयमा नम्बरिङ गरेर उत्कृष्ट शिक्षकलाई यस वर्षका लागि वार्षिक बढीमा १२ हजार ५ सय रुपैयाँसहित सम्मानको व्यवस्था गरेका छौँ । जीपीए फोर ल्याउने विद्यार्थीलाई ‘हिमालय हिरो’ घोषणा गरी रु. ५० हजार बराबरको पुरस्कार व्यवस्था गरी पुरस्कृत गर्ने व्यवस्था छ । कर्मचारीको हकमा पनि योजना बन्दै छन् ।

विद्यालय कसरी चलाउनु भएको छ ?
– पहिलो कुरा त हाम्रो विद्यालय शिक्षक र कर्मचारीबीच एकता छ । आ–आफ्नाे जिम्मेवारी सबैले बोध गरेका छौँ, विधिको शासन, आर्थिक पारदर्शिता, कार्य सञ्चालनमा एकरूपता भएका कारण विद्यालय सफलतापूर्वक चलिरहेको छ । हामी यहाँ हरेक काम फरक ढङ्गले गर्ने प्रयास गर्छौं र गराउँछौँ ।
यो विद्यालयमा गुणस्तरीय शिक्षा छ भन्ने आधार के छन् ?
– पछिल्ला केही वर्षहरूका परिणामलाई मात्रै हेर्ने हो भने पनि एसईईमा (फोर जीपीए) ल्याउन सफल भएका छौँ । एसईई र १२ कक्षामा उत्कृष्ट नतिजा छ । पूर्वको मात्र होइन, नेपालकै उत्कृष्ट विद्यालयहरूमध्ये एक नमुनाको रूपमा परिचित गराउन सफल भएका छौँ । अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । किताबी ज्ञानबाहेक बाहिरी र व्यावहारिक ज्ञानमा पनि विद्यार्थी उत्तिकै दक्ष छन् । हरेक तहको परीक्षाफललाई हेर्ने हो भने पनि गुणस्तरीय शिक्षा पुष्टि हुन्छ । यहाँबाट पासआउट भएका विद्यार्थीलाई हेर्नु भयो भने पनि उनीहरूले सरकारी सेवा, बैङ्क, प्राइभेट संस्था र विदेशमा गएर पनि शिक्षामा राम्रो परिणाम ल्याइरहेका छन् । समग्रमा हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छौँ ।
सिकाइमा जागरण कस्तो छ ?
– हामी समय समयमा प्रशासन र शिक्षक स्टाफबिच छलफल गरिरहन्छौं, हरेक महिनामा हुने स्टाफ बैठकबाट आएका कुरालाई सहजीकरण गर्छौँ । उठेका विषयमाथि छलफल गर्छौं । ‘शिक्षकलाई गाली होइन, तालीले प्रेरित गरौँ ।’ भन्ने मान्यतालाई हामीले आत्मसात गरेका छौँ, यसले शिक्षकको मनोबल उच्च राख्ने र जागरण ल्याउँछ । विद्यार्थीले त शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक सबै विषय क्षेत्रका लागि हिमाविलाई रोजिरहेका छन् र परिणाम पनि दिइरहेका छन् । विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम माफ्त सिकाइमा जागरण ल्याउन प्रेरिरत गर्ने गरिन्छ ।
अभिभावक र विद्यालय व्यवस्थापन समितिको सहयोग कस्तो छ ?
– यस विद्यालयमा आफ्ना नानीबाबु पढाउन अभिभावकको घुइँचो नै लाग्ने गरेको छ । अभिभावकको माया, ममता र सद्भाव साथै अभिभावकको लगानीले नै विद्यालय यहाँसम्म आएको हो । विद्यालय व्यवस्थापन समितिको रचनात्मक सहयोग र योजनाले नै हामी सफल हुँदै आएका हौँ । अभिभावक र सञ्चालक समितिको साथ नहुने हो भने एक्लो प्रयासबाट केही गर्न सकिँदैन ।
विद्यार्थीको सिकाइलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ?
– विद्यार्थीको क्षमता अनुसार कक्षामा समूह विभाजन गरी विद्यार्थीको प्राप्ताङ्कको आधारमा वर्गीकरण गरेर विशेष कक्षा, धेरै भन्दा धेरै विद्यार्थीलाई कोचिङ कक्षाको व्यवस्था र अति न्यून क्षमता भएका विद्यार्थीहरुलाई उपचारात्मक कक्षामार्फत दक्ष बनाउँदै आएका छौँ । यसमा आधुनिक प्रविधिको प्रयोगले पनि सिकाइलाई प्रभावकारी बनाउँदै ल्याएको अनुभव गरेका छौँ र यसतर्फ जोड दिइरहेका छौँ ।
स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग र समन्वय कस्तो छ ?
– शिक्षकहरूको सेवा सुविधा र अन्य आउने अनुदान अधिकांश संघीय सरकारबाट प्राप्त हुँदै आएको छ । प्रदेश सरकारले यो वर्ष खेलकुद मैदान विस्तार शीर्षकमा १० लाख अनुदान दिएको थियो । दमक नगरपालिकाले यसपटक ३ लाखभन्दा बढी अनुदान दिएको छ । तर ढिलाइ भइरहेका भवन निर्माणलगायतका भौतिक निर्माणलाई हेर्दा सम्बन्धित निकायबाट तदारुकता र सहयोग कम नै छ ।
प्र.अ.को जिम्मेवारीमा रहँदै गर्दा करिब दुई वर्षको अवधिका खास उपलब्धीहरू के के हुन् ?
– विशेष कारणवश मैले प्रअको कार्यभार सम्हालेपछि भवन, कक्षाकोठा व्यवस्थापनलगायत भौतिक निर्माणमा महत्त्वपूर्ण काम भएका छन् । त्यसैगरी शैक्षिक उपलब्धिहरू पनि भएका छन् । लामो समयसम्म रोकिएको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । गुरुगुरुआमाहरू एकताबद्ध भएर आआफ्नो जिम्मेवारीमा लागि पर्ने वातावरण बनेको छ । विज्ञान र प्रविधि विभागतर्फ विद्यार्थी खोज्नु पर्ने अवस्थाबाट अहिले प्रवेश परीक्षाबाट छनोट गर्ने स्थितिमा आइपुगेका छौँ । विद्यालयलाई धुलोरहित बनाउन ग्राफिकल डिजाइनमा इन्टरलक गरिएको छ, चौरमा बाह्रैमास हरियो राखी सितल र धुलोरहित बनाइको छ । सौचालयहरुको स्तरोन्नति गरी अरु सौचालय थप गरिएको छ । आधुनिक फिल्टर जडित प्रसस्तै पिउनेपानीको व्यवस्था गरिएको छ । बालबालिकाको उमेर अनुसारको डेस्क बेन्चहरुको व्यवस्था गरिदै लागिएको छ । कक्षा कोठामा आधुनिक विधि र प्रविधिको प्रयोगहेतु इन्टरयाक्टिभ प्यानल बोर्डको व्यवस्था बढाउदै लगिएको छ । हालसम्म ११ ओटा त्यस्ता बोर्डहरु रहेका छन् भने यस वर्ष १० ओटा जति थप गर्ने योजना रहेको छ । पठनपाठनको तरिकालाई आधुनिक प्रविधिहरु विस्तार गरी प्रविधिमैत्री बनाउदै लगिएको छ । पूmलबारीको व्यवस्था गरिएको छ । शिक्षक कर्मचारीका लागि हरेक महिनाको २८ गते तलव दिने व्यवस्था गरिएको छ । सञ्चयकोषको व्यवस्था नभएका शिक्षक कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था गरिएको छ । विद्यालयलाई सफा सुग्घर राखिएको छ । राम्रो अडिटेरियम हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई अतिरिक्त, विशेष र उपचारात्मक कक्षाहरुको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको सिकाइ बृद्धि गर्न अतिरिक्त कक्षाको व्यवस्था, विशेष कक्षाको व्यवस्था तथा उपचारात्मक कक्षाको समेत व्यवस्था गरेको छ । विद्यार्थीहरुलाई अनुशासित शान्त वातावरण प्रदान गरिएको छ । स्टाफ कक्ष अति व्यवस्थित बनाइएको छ । विद्यालयको सुरक्षाका लागि सि.सि. क्यामेराको व्यवस्थालाई व्यापक बनाउदै लगिएको छ । विद्यार्थीहरुलाई प्रत्यक्ष गरेर सिक्ने वातावरणका लागि परियोजना कार्यमा बढी जोड दिएर प्रयोगमा ल्याइएको छ । सबै भन्दा महत्वपूर्ण कुरा आर्थिक पारदर्शिता सतप्रतिशत बनाउने प्रयास भएको छ जसले गर्दा चुहावट र अनियमितता शुन्य प्राय छ ।

Author

You may also like