प्रीती बस्नेत ‘सैन्धवी’

कोपिला हुँ चट्टै नटिप्नु अहिले, घात लाग्न सक्छ ।
यसै हल्ला गर्छ यो दुनियाँ झुठो, बात लाग्न सक्छ ।
प्रेमको वर्षात् हुँदा अधरमा, छल्किएला प्यालाहरू,
यी आँखामा आँखा नजुधाऊ तिमी, मात लाग्न सक्छ ॥
-दमक, झापा

You may also like