दमक, २ मंसिर

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’, भन्ने मुल नाराकासाथ बाह्रौ राष्ट्रिय कर दिवस सुरु भएको छ ।
मंसिर १ देखि ७ गतेसम्म हुने सप्ताहका अवसरमा संघीय, प्रदेश सरकार सहित स्थानीय पालिकाहरुले समेत कर तिर्नका लागि पालिकाबासीलाई आव्हान गरेका छन् । साथै उत्कृष्ठ करदातालाई सम्मान समेतको कार्यक्रम आयोजना गरेका छन् । यसैबीच, करदाता सेवा कार्यालय ओखलढुंगाले उत्कृष्ठ करदातालाई सम्मान गरेको छ ।
आर्थिक समृद्धि र सुशासनका लागि तोकिएको कर समयमै तिर्ने कुरामा पालिकाहरुले जोड दिएका छन् । पालिकाबासीले भनें सेवा सुविधाको तुलनामा करको बोझ भएको समेत गुनासो गर्ने गरेका छन् ।

You may also like