पथरी / उत्तरपूर्वी मोरङको लेटाङमा महिला अधिकार तथा पुनस्र्थापनाका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले महिला हिंसा विरुद्ध तथा एड्स सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान र ३६ औं विश्व एड्स दिवशका अवसरमा लेटाङ नगरपालिकाको कायोजनामा सचेतनामुलक कार्यक्रम भएको हो । ओरेक नेपाल, हडन सहितको संलग्नतामा १६ दिने अभियान थालिएको अवस्थामा शुक्रबार नागरिकको हक अधिकार सम्बन्धी कानूनी अन्तरक्रिया समेत आयोजना भएको ओरेककी प्रतिनिधि भीमा ढकालले जनाइन् । कार्यक्रममा अधिवक्ता गणेश लुईटेलले सहजिकरण गर्र्दै नागरिक अधिकार उपभोगका लागि अधिकारका बारेमा प्रष्ट जानकारी हुन आवश्यक रहेको कुरामा समेत चर्चा गरे ।
कार्यक्रम, नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा सम्पन्न भयो । उपप्रमुख निरौलाले नागरिकको अधिकारमा पनि अझ महिला अधिकारको पक्षलाई सवल बनाउन उत्तिकै आवश्यक रहेको पनि औंल्याइन् । सोही अभियान अन्तर्गत आइतबार अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

Author

You may also like