स्थानीय

जन्मदिनमा कुर्सी प्रदान

दमक/ सामाजिक अगुवा दमक १ की रुपा सेलिङ (सवेहाङ) लिम्बूले आफ्नी छोरी माङ्गेनाको जन्मदिनमा दमकको सुन्दर समाज नेपाललाई १० थान प्लाष्टिक कुर्सी प्रदान गरेकी छन् ।
सो समाजको संस्थापक अध्यक्ष समेत रहेकी रुपाले जन्मदिनमा गरिने फजुल प्रकारको मनोरञ्जनात्मक खर्चलाई बचाएर संस्थालाई सहयोगी सामाग्री उपलव्ध गराएको बताइन् । एक संक्षिप्त कार्यक्रमकाबीच संस्थाकी अध्यक्ष विन्दु (लक्की) सिटौलासहित पदाधिकारी र सदस्यहरुको उपस्थितिमा उनले सो सामग्री प्रदान गरिन् 
रुपा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाकी वरिष्ठ अभिकर्ता हुन् । दर्जन बढी सामाजिक संघसंस्थाहरु र शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष रुपमा सहभागिता भएर काम गर्दै आइरहेकी छन् । रुपाले छोरी माङ्गेनाको यसअघिका जन्मदिनलाई सामाजिक कार्य गर्ने विशेष दिनको रुपमा मनाउँदै आइरहेकी छन् ।

You may also like