समाचार

स्वयंसेविका सम्मानित

उर्लाबारी, २० मंसिर

उर्लाबारीमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा मंगलबार उर्लाबारी नगरपालिकाले स्थानीय पाँच उत्कृष्ठ स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ की यामकुमारी विश्वकर्मा, २ की मेनुका थापा, ५ की गायत्रा भट्टराई, ८ की कुलमाया धिमाल र ९ की सकुन श्रेष्ठलाई सम्मानपत्रले सम्मानित गरिएको हो ।
उमेर हदका कारण बिदाई भएकी उर्लाबारी ९ की अम्बिका ढुंगानालाई ६५ हजार रुपैयाँसहित सम्मान गरियो । वडा नम्बर २ की ओमकुमारी पाण्डे, ४ की नवीनकुमारी दाहाल, ६ की पुन्ना नेपाल र ८ की विनाकुमारी चौहानलाई पनि सम्मानसहित बिदाई गरियो ।

You may also like