कला/साहित्य/संस्कृति मुख्य

मिस आर्टिस्ट्रिको ट्यालेन्ट राउण्ड

दमक, २० मंसिर
क्लियोप्याट्रा इभेन्ट्सद्वारा आयोजित मिस आर्टिस्ट्रि सिजन ३ प्रतियोगिता अन्तर्गत ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । सो राउण्डमा २२ जना छानिएका छन् ।
मिस ट्यालेन्टको सिनियरतर्फको उपाधि विद्यालक्ष्मी अंग्रेजी आवासीय स्कुलकि मनिला दाहाल र जुनियरतप़र्m चुलाचुली अंग्रेजी आवासीय माविकि नोरा सिजालीले जितेकी छन् । साथै मिस क्लियोप्याट्रा सूर्योदय स्कुलकि यूरेका घिमिरे, आर्टिस्ट्रि अफ द इयर विद्यालक्ष्मीकि अदिति ढकालले जित्न सफल भइन् । जुनियर तप़र्m मिस क्लियोप्याट्रामा चुलाचुली स्कुलकि लक्सी श्रेष्ठ, फस्ट रनर अपमा चुलाचुलीकै संजिता मगर एवं सेकेन्ड रनर अपमा सेन्कु पब्लिक स्कुलकी युनिसा राई चुनिइन् । कार्यक्रमलाइ दमक फन जोन खेलौनाको होलसेलले मुख्य प्रायोजन गरेको थियो । विजेतालाई क्राउन ट्रफी, प्रमाणपत्र र पुरस्कारले सम्मान गरिएको थियो । विजेतालाई ओम श्री नामह कस्मेटिक, मौन्दिप मोबाइल्स, दमक डिजिटलले पुरस्कार प्रदान गरेका थिए । मिस आर्टिस्ट्रिको फाइनल फिनाले पुस ९ गते आयोजना हुने आयोजक क्लियोप्याट्रा इभेन्ट्सका अध्यक्ष प्रविण पाठकले बताए ।
१९ बर्षमुनीकाका युवतीहरुका लागि आयोजित प्रतियोगिताको सिनियरतर्फको विजेतालाई थाइल्याण्ड यात्रा, १ लाख रुपैयाँ बराबरको पुरस्कार र स्थानीय ग्लोबल कलेजमा पढ्ने छात्रबृत्ति प्रदान गरिने अध्यक्ष पाठकले उल्लेख गरे । जुनियरतर्फका लागि समेत थाइल्याण्ड यात्रा बाहेकका अन्य पुरस्कार प्रदान हुनेछ ।

You may also like