दमक, ६ चैत। दमक १ स्थित पाभीभरा चेलीवेटी समूहले सोमबार यहाँ आयोजना गरेको रक्तदानमा १८ पिन्ट रगत संकलन भएको छ ।
स्थानीय कुमाल चौकमा सम्पन्न रक्तदान कार्यक्रममा राजन भट्टराईसहित समूहकी सदस्य तथा सर्वसाधारण गरी १८ जनाले रगतदान गरेको समूहकी अध्यक्ष निर्मला बरालले जानकारी दिइन् । रक्तदाता भट्टराईको यो ६० औं पटकको रक्तदान हो । समूहले हरेक वर्षको चैत ५ गते रक्तदानको महत्वमाथि चर्चा गदैं नियमित रुपमा खुला रगतदान कार्यक्रम गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंञ्चार समूहको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दमक १ का वडाध्यक्ष हरि न्यौपाने, समूहकी सहसचिव अम्विका भण्डारी, रेडक्रसको रक्तसञ्चार विभागका प्रमुख सिद्धार्थ दाहाल लगायतले रगत संकलनका विषयमा चर्चा गरेका थिए । समूहले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।