देश–समाज समाचार स्थानीय स्वास्थ्य

समाजको सहयोग सद्भाव विच्छेद गराउने कोरोनाबाट जन्मिएको सानो प्रयास युवा समाजद्वारा एम्बुलेन्स सञ्चालन

दमक । कोरानाले समाज एकआपसको सहयोग र सद्भावबाट विच्छेद भएको अवस्थामा मानवियताका लागि सामाजिक अभियानमा लाग्ने उत्कष्ट अभिलाषा र उत्प्रेरणाका साथ स्थापित भएको दमकको सानो प्रयास युवा समाजले स्थापनाकाल छोटो अवधिमै एम्बुलेन्स संचालन गर्न सफल भएको छ । स्वास्थ्यका क्षेत्रबाट गाउँघरमा साधनको अभावमा छटपटाएका बिरामीको सेवाका लागि विशेष सुविधासहितको सेवा दिने उद्देश्य र लक्ष्य बमोजिम यो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । टोल नगर हुँदै राष्ट्रसम्मको सामाजिक रूपान्तरणका निम्ति स्थापित सो संस्थाले सामाजिक हितका निम्ति एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अध्यक्ष छवि खतिवडाले बताए । कोरोना कालमा स्थापना भएको यस संस्थाले समाजमा विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको छ । खतिवडाका अनुसार संस्थाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गरी विशेष सेवा सुविधा दिनका निम्ति एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । समाजसेवा गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए । संस्थाले प्रत्येक महिना सरकारी स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने जाडोमा न्यानो कपडा वितरण गर्ने लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको खतिवडाले बताए ।

Author

You may also like