देश–समाज समाचार स्थानीय

दमक इप्रका सुरक्षाकर्मी पुरानै भवनमा

दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय विस्थापित भएपछि दमक नगरको शान्ति सुरक्षामा चुनौति थपिएको थियो । सुरक्षा चुनौतिसँगै दमक क्षेत्रका विभिन्न उद्यमी, व्यवसायी, दमक नगरपालिका, बुद्धिजीवि, सामाजिक संघसंस्थाहरुको सक्रियतामा अस्थाई रुपमा अघिल्लो हप्ता दमक(७ स्थित अर्गानिक शब्जी बजारमा राखिएका प्रहरीलाई सोमबार फुलपातीको दिन यथास्थानमा पुनस्र्थापित गराइएको छ । दमकबासीसहित दमक नगरप्रमुख रामकुमार थापा, वडाअध्यक्षहरु, जनप्रतिनिधि, सामाजिक अगुवा, विभिन्न सामाजिक संघसंस्थाका प्रतितिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतको उपस्थितिमा उनीहरुलाई पाँचकन्यासहित टिका, खादा ओढाएर पुरानै स्थानमा पुनस्र्थापित गरिएको हो । नगरको महत्वपूर्ण पाटो नै शान्ति सुरक्षा भएकोले जतिसक्दो चाँडो सुरक्षाकर्मीको उपस्थिति देखाउन पनि समुदायस्तरकै सहयोगमा नेपाल प्रहरीलाई यथास्थानमा राख्ने वातावरण बनेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बताए । गुरागाईले नागरिक समाजको सहयोगमा सुरक्षाकर्मीलाई पुनस्र्थापना गर्न सकिएको भन्दै अझै आवश्यकता परेका विषयमा सहयोग गर्न र आवश्यक सामग्री जुटाउन सकिने बताए ।
उक्त स्थानमा दुर्गा पुजाको अवसरमा फुलपातीको पुजाआजा गरेर त्यहाँ उपस्थित कन्याहरुलाई टिका लगाएर सुरक्षाकर्मी भित्रिएका थिए । सो पुजा स्थलमा कर्ताको रुपमा इन्स्पेक्टर नविन राई खटिएका थिए ।

उक्त कार्यालय पूर्ण रुपमा तयारी भईनसकेको अवस्थामा आधा अर्गानिक शब्जी बजारमै बस्ने र आधा इलाका प्रहरी कार्यालयमा बस्ने डिएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनले विषम परिस्थितिमा उद्योग वाणिज्य संघ, नागरिक समाज, दमक नगरपालिकालगायतको प्रयासमा आवश्यक सामग्री जुटाएर पुरानै अवस्थामा फर्काउन गर्नुभएको योगदानका कदर सहित आभार व्यक्त गरेका थिए । उनले प्ररीको पुलिसिङको मोर्डन कन्सेप्ट अनुसार पुलिस पब्लिक पार्टन अन्तर्गत मिलेरै प्रहरी कार्य गरिने पनि बताए । दमक क्षेत्रभित्रको यो माया र सद्भाव अनि सहयोगले प्रहरीलाई उठ्न उर्जा, हौसला प्रेरणा मिलेको पनि उनले बताए । सो कार्यक्रममा उपस्थित भएका सुरक्षाकर्मीलाई सबैले शुभकामना व्यक्त गरेका थिए ।


सो इलाका प्रहरी कार्यालय मर्मतसम्भारसहित आवश्यक सामग्रीका लागि धेरै दमकबासीको सहयोग प्राप्त भएको छ । प्राप्त विवरण अनुसार दमक उद्योग वाणिज्य संघले ५ लाख, प्याब्सन दमकले १ लाख १ हजार, दुग्ध व्यवसायी संघ, दमकबाट १ लाख, दमक क्याम्पसबाट ५० हजार, मेची सहकारीबाट १ लाख ५० हजार बराबारको सामग्री, स्वर्णलक्ष्मी सहकारीबाट ५० हजार बराबरको सामग्री, होलसेल व्यवसायी संघ दमक ४५ हजार बराबरका सामग्री, भाँडावर्तन व्यवसायी संघबाट ६० हजार बराबरका भाडावर्तन, थान कपडा व्यवासयी संघ दमक १ लाख १० हजार बराबरका सामग्री, एक्टिभ आइरन तिर्थ लामिछानेबाट ५१ हजार, प्रेम बस्नेत काठमाडौंबाट ५० हजार, राजु अग्रवाल र प्रकाश प्रसाईबाट ८० हजार बराबरको प्रतिक्षालय पुर्ननिर्माणमा सहयोग, सूर्य दर्शन सहकारी ५० हजार, महालक्ष्मी आल्मुनियम तथा सिसा पसलबाट ४८ हजार, आस्था कलेजबाट ५० हजार, जयमाता पाथीभरा ग्रुप ४० हजारसहित अन्य धेरैको साथ र सहयोग प्राप्त भएको उद्योग वाणिज्य संघले जनाएको छ । प्राप्त जानकारी अनुसार नगद १२ लाख ९४ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको छ भने जन्सी १७ लाख बराबरको संकलन भएको छ ।

Author

You may also like